यमनमा तत्कालै युद्धविराम गर्न राष्ट्रसंघीय महासचिवको आग्रह


ban kiसंयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले यमनमा तत्कालै युद्धविरामका लागि आग्रह गर्नुभएको छ । उहाँले आगामी केही दिनमा नै यमनका लागि राष्ट्रसङ्घीय विशेष दूत नियुक्त गर्न लागेको पनि जानकारी दिनुभएको छ । उहाँले तत्कालै युद्धविरामका लागि आग्रह गर्नुभएको बताइएको छ । यमनमा गएको करिब तीन हप्तादेखि जारी साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा जारी राखिएको हवाई हमलापछि महासचिव बानले बिहीबार सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो– यमन यतिखेर आगोमा छ, मैले त्यहाँ युद्धरत सबै पक्षलाई जतिसक्यो चाँडै युद्धविरामका लागि आग्रह गरिरहेको छु । वासिङ्टनमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले यसरी गरिने हवाई वा अन्य कुनैपनि प्रकारका हमलाहरु समस्या समाधानका लागि सहयोगी हुदँैनन् भन्नुभयो । यमनमा रहेका राष्ट्रसङ्घीय दूतले राजिनामा दिएलगत्तै उहाँको यस्तो आग्रह आएको छ । यमनी दूतले साउदी अरेबियाको असहयोगको कारण देखाउँदै हालैमात्र राजिनामा दिएका थिए । विगतका चार महिनादेखि हुथी विद्रोही समूहले जारी राखेको सशस्त्र द्वन्द्वका कारण यमनका सर्वसाधारण नागरिकको जीवन अस्तव्यस्त भएको बताइएको छ । सो द्वन्द्वमा परी बालबालिकासहित करिब ६०० जनाको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीको आक्रमणमा परी यमनी राष्ट्रपति आबेद रब्बो मन्सुर हादी भागेर साउदी अरेबियामा शरण लिएर बस्नुभएको छ । उहाँको समर्थनमा साउदी अरेबियाले पनि हुथीहरुका विरुद्ध सैनिक कारबाही जारी राखेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]