सुर्यबहादुर थापाको महाप्रस्थानमा पूरै राजनीतिक वृत्त मर्माहत, राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने


lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf]सरकारले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । प्रधानमन्त्री निवासमा भएको मन्त्रिपरिषद्को बैठकले नेता थापाको निधनको शोकमा आज शुक्रबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । विदेशस्थित नेपाली नियोगमा पनि राष्ट्रिय झण्डा आधा झुकाइने छ ।  पूर्व प्रधानमन्त्री एवम् संविधानसभाका ज्येष्ठ सदस्य थापाको असामयिक निधनप्रति शोक प्रकट गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्रीहरु पुगे मालिगाउँ

पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्वर्गीय सूर्यबहादुर थापालाई उहाँका परिवार, पूर्वप्रधानमन्त्री एवम् राजनीतिक दलका नेताले आज साँझ श्रद्धाञ्जली दिएका छन् । स्व थापाको देह उहाँकै मालिगाउँस्थित निवासमा बिहीबार साँझ ल्याइएपछि पूर्वप्रधानमन्त्रीहरू डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र तुलसी गिरीले त्यहाँ पुगी श्रद्धाञ्जली व्यक्त गर्नुभयो । राप्रपा नेता पशुपति शम्सेर जवरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जवरालगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभयो । पाँच पटकसम्म मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । दिवङ्गत थापाको पार्थिव शरीरलाई आज बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि दिउँसो १२ बजे दशरथ रङ्गशालामा राखिने पार्टीका सहप्रवक्ता किरण गिरिले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

तेह्र दिनसम्म औपचारिक कार्यक्रम नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक मनाउन १३ दिनसम्म पार्टीको कुनै पनि औपचारिक गतिविधि सञ्चालन नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बैठकले सात दिनसम्म पार्टीको झन्डा झुकाउने, ७५ जिल्लामा शोकपुस्तिका राख्ने र १३औँ पुण्यतिथिका दिन सबै जिल्ला पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले संस्थापक अध्यक्ष थापाको निधनबाट भावविह्वल एवम् शोक सन्तप्त नेता तथा कार्यकर्तालाई धैर्यधारण गर्नसमेत आह्वान गरेको छ । नेता थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान १० देखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चाबहिल र सार्वजनिक श्रद्धाञ्जलिका लागि सोही दिन एकदेखि तीन बजेसम्म दशरथ रङ्गशालामा राखिने प्रवक्ता ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री मर्माहत

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, सभासद् एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षका उमेरमा यही वैशाख २ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको समाचारले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । उहाँले नेता थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारसहित स्वजनप्रति समवेदना प्रकट गर्नुभएको छ । “मुलुक लोकतान्त्रिक संविधान निर्माणको संवेदनशील चरणमा रहेको अवस्थामा थापाजस्ता अनुभवी राजनीतिज्ञको सानिध्यले लोकतान्त्रिक संविधान निर्माणमा सबैलाई प्रेरणा मिल्दै आएको थियो, उहाँको निधनबाट लोकतान्त्रिक पद्धतिको स्थापना र विकासका लागि नेपाली जनताले झन्डै एक शताब्दी अगाडिदेखि गर्दै आएको सङ्घर्षको परिणामस्वरूप हासिल भएका सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने संविधान निर्माणमा थापाजस्ता अनुभवी राजनीतिज्ञको सहभागिता र परिपक्व सुझावकोे अभाव हामीलाई आगामी दिनमा खट्किने छ” प्रधानमन्त्रीबाट जारी विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री कोइरालाले उहाँको निधनबाट नेपालको राजनीतिक क्षेत्रले एक महत्वाकाक्षी, साहसी, दृढनिश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता तथा राप्रपाले कुशल सङ्गठक, प्रभावशाली नेता र संस्थापक अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । उहाँका सद्गुणबाट प्रेरणा लिएर लोकतान्त्रिक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दललाई एक जुट हुन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाल र नेपालीको भविष्य सुरक्षित र उज्यालो बनाउने लोकतान्त्रिक संविधानको निर्माण नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गर्नुभएको छ छ । उहाँले शोकसन्तप्त परिवारजन र राप्रपाका समस्त नेता तथा कार्यकर्तालाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गर्नुभएको छ ।

ओली स्तब्ध

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको असामयिक निधनबाट आफू स्तब्ध भएको बताउनुभएको छ । नेपाली राजनीतिका सुपरिचित एवम्  प्रतिष्ठित नेता उहाँले झन्डै छ दशक मौलिक शैलीका साथ राजनीतिक रङ्गमञ्चमा सक्रिय रहेर पाँच पटकसम्म मुलुकको प्रधानमन्त्रीका रुपमा विशिष्ट राजनीतिक परिचय कायम गर्नुभएकामा अध्यक्ष ओलीले प्रशंसा गर्नुभएको छ । अध्यक्ष ओलीले एक शोक वक्तव्य जारी गरी आफूलाई समयानुकूल ढाल्न सक्ने गतिशीलताको पर्यायका रुपमा स्थापित तथा गणतन्त्रको स्थापनालाई सहजै स्वीकार गरेर अन्ततः परिवर्तनको पक्षमा दृढतापूर्वक थापा उभिनुभएको उल्लेख गर्नुभएको छ । संविधानसभाको दोस्रो निर्वाचनपश्चात् ज्येष्ठ सदस्यका हैसियतमा सभाध्यक्षको निर्वाचनअघि उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष ओलीले संविधानसभाबाट नयाँ संविधान जारी गरी २०६२÷०६३ को परिवर्तनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्ने प्रक्रियामा उहाँको निधनले मुलुकलाई नै अपुरणीय क्षति पु¥याएको वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????‘मुलुकले अभिभावक गुमायो’

एकीकृत नेकपा(माओवादी)ले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनबाट मुलुकले सक्रिय राजनीतिक नेता गुमाएको बताएको छ । संविधान निर्माण प्रक्रियाको हालकोे जटिल परिस्थितिमा राजनीतिक दलहरूबीच सहमति निर्माण गर्न पछिल्लो चरणमा उहाँले निर्वाह गरेको अभिभावकीय भूमिका स्मरणीय रहेको बताएको छ ।

जीवनी

नेपाली राजनीतिक इतिहासका विभिन्न आरोह अवरोहका साक्षी सूर्यबहादुर थापाको अवसानले राजनीतिक रिक्तता छाएको अनुभव भएको छ । मुलुकको कार्यकारी प्रमुखमा पाँच पटकसम्म जिम्मेवारी सम्हालिसक्नुभएका थापा पञ्चायतदेखि गणतन्त्रकालसम्म सक्रिय हुनुहुन्थ्यो । होचो कद, गोरो अनुहार र कडा आवाजका थापा राजनीतिमा कहिल्यै पन्छाउन नमिल्ने पात्र हुनुहुन्थ्यो । पञ्चायतकालदेखि बहुदल र लोकतान्त्रिक गणतन्त्रको कालमा पनि राजनीतिमा उत्तिकै सक्रिय रही महत्वपूर्ण भूमिकामा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाको गए राति भारतको मेदान्त अस्पतालमा पेटमा अल्सरको उपचारका क्रममा निधन भएको थियो । वर्तमान व्यवस्थापिका–संसद्÷संविधानसभाका ज्येष्ठ सदस्य थापाले सभामुख÷सभाध्यक्षको निर्वाचन भई सुवास नेम्वाङले कार्यभार नसम्हाल्दासम्म ज्येष्ठ सदस्यका हैसियत ‘सभाध्यक्ष तथा सभामुख’को भूमिका पनि निर्वाह गर्नुभएको थियो । छ दशकभन्दा बढी समय राजनीतिक जीवनमा सक्रिय थापा धनकुटाको मुगा गाविसमा विसं १९८४ चैत ५ मा बुबा टेकबहादुर र आमा मनकुमारीको कोखबाट जन्मनुभएको थियो । लामो समय पञ्चायती राजनीतिमा सत्तासीन भएर पनि उहाँले सुधारिएको पञ्चायतको वकालत गर्नुहुन्थ्यो । छयालीस सालको बहुदलीय प्रजातन्त्रलाई आत्मसात् गरेको तथा लोकतान्त्रिक आन्दोलनपछि गणतन्त्र स्थापनालाई स्विकारेका कारण उहाँलाई सदैव दरबारको पक्षपाती मात्र मान्न सकिँदैन । दरबारभित्र ‘भूमिगत गिरोह’ रहेको भन्ने ‘उदारवादी समूह’का थापा त्यसलाई बहुदलकालमा प्रधानमन्त्री हुँदा पनि गौँडा–गल्छामा भेटिने अभिव्यक्ति दिनुहुन्थ्योे । भारतको अल्लाहबाद विश्वविद्यालयबाट स्नातक गर्नुभएका उहाँ राप्रपा(थापा)का संस्थापक र राप्रपाका पूर्वअध्यक्ष रहनुभएको थियो । विसं २००७ मा विद्यार्थी छँदै राणा शासनको विरोध र प्रजातन्त्रका पक्षमा भूमिगत भई राजनीतिक जीवन प्रारम्भ गर्नुभएका उहाँ त्यसबेला नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । तत्कालीन समयमा चर्चित राजनीतिक व्यक्तित्व बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, टङ्कप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, तुलसीलाल अमात्य, मनमोहन अधिकारी र डिल्लीरमण रेग्मीहरूका सहयात्री थापाको निधनसँगै मुलुकले अर्का पुराना र पाका राजनीतिक व्यक्ति गुमाएको छ । लोकतान्त्रिक शक्तिबीच बृहत् एकता, सहकार्य गरी मुलुकलाई शान्ति र संविधान दिनुपर्नेमा एक महिनाअघिसम्म सार्वजनिक आह्वान गर्ने नेता थापा विसं २०११ मा सल्लाहकार सभाको सदस्यमा निर्वाचित भई त्यसकोे अध्यक्ष (सभामुख) पनि हुनुभएको थियो । गत चैत ५ गते आफ्नो ८८औँ जन्मदिनका अवसरमा निवास मालीगाउँमा कार्यक्रम गरी सहमति र सहकार्यबाट नयाँ संविधान ल्याउन प्रमुख दललाई आह्वान गर्नुभएका थापा पछिल्लो समय राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकता प्रक्रियामा पनि उत्सुक हुनुहुन्थ्यो । विसं २०१५ मा भएको संसदीय निर्वाचनमा काँग्रेस छाडेर धनकुटामा स्वतन्त्र हैसियतमा प्रत्याशी भई पराजित भए पनि राष्ट्रिय सभा (माथिल्लो सभा) मनोनीत हुनुभयो । त्यसपछि पञ्चायतका पक्षमा खुल्नुभएका उहाँ दरबारबाट कृषि, वन र उद्योग मन्त्रीमा नियुक्त हुनाका साथै राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत हुनुभयो । त्यसपछिका निर्वाचनमा लगातार धनकुटाबाट विजयी उहाँ ३८ वर्षको उमेरमा विसं २०२२ मा पहिलो पटक प्रधानमन्त्री हुनुभयो । यस्तै २०३५, ०३८, ०५४ र ०६१ मा पछि विभिन्न पटक प्रधानमन्त्री हुनुभयो । तत्कालीन राजा महेन्द्रसँग अत्यन्त निकट मानिने ‘सङ्कटका प्रधानमन्त्री’ थापा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुनुपूर्वको समयमा भने राजा वीरेन्द्रसँग सम्बन्ध बिग्रिएका कारण प्रधानमन्त्रीबाट अपदस्तसमेत हुनुभयो । यसबीचमा उहाँलाई विसं २०२६ मा नख्खु कारागारमा पनि राखिएको थियो भने २०२९ सालमा नजरबन्दमा राखिएको थियो । उहाँले राजनीतिक सुधारको माग गर्दै २१ दिने भोक हडताल पनि गर्नुभएको थियो । विसं २०३७ को जनमतसङ्ग्रहमा निर्दलीय व्यवस्थाले जितेपछि उहाँ पुनः प्रधानमन्त्री हुनुभएको थियो । विसं २०४७ मा राप्रपा (थापा)खोली त्यसको संस्थापक अध्यक्ष हुनुभएका थापा पार्टीको विवादका कारण विसं २०६१ मा सो पार्टीबाट अलग भई राष्ट्रिय जनशक्ति पार्टीको संस्थापक अध्यक्ष बन्न पुग्नुभयो, पछि पशुपतिशमशेर राणा अध्यक्ष रहेका बेला पुनः राप्रपामा एकता गरी पुनः अध्यक्ष बन्नुभयो । थापाका छोरा सुनिलबहादुर हाल वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]