वैदेशिक रोजगारीका विकृति हटाउने नारायणकाजी श्रेष्ठको उद्घोष


narayankajiएकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रका विकृति अन्त्यका लागि आफूले अभियान सञ्चालन गर्ने घोषणा गर्नुुुुुभएको छ । आफ्नै निवास हात्तिवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका कामदारको विप्रेषणले भरथेग गरे पनि उनीहरूको सुुुुुरक्षा र आत्मसम्मानका लागि राज्यले कुनै भूमिका निर्वाह नगर्नु दुःखद् भएको बताउनुभयो । “मलेसियामा नेपाली कामदारले पाएको दुःख,कष्ट र पीडा देख्दा लज्जाबोध भयो । त्यसविरुद्ध आवाज उठाउनु कतव्र्य ठानेर अभियान सञ्चालन गर्न लागेको हुँ” आफूले गत चैत २२ देखि २५ गतेसम्म मलेसिया भ्रमणको क्रममा त्यहाँ रहेका नेपालीले पाइरहेको दुःखकष्टबारे प्रत्यक्ष बुझ्ने मौका पाएको जानकारी दिँदै भन्नुभयो । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपालीका समस्याबारे गत बुधबार प्रधानमन्त्री सुशील कोइराला र यहाँस्थित मलेसियाका कार्यबाहक राजदूत तथा गत मङ्गलबार परराष्ट्रमन्त्री र श्रमराज्यमन्त्रीका साथै ती मन्त्रालयका सचिवसँग सामूहिक छलफल गरेको जानकारी दिँदै ती सबै भेटमा उहाँहरूले समस्या समाधानका लागि आवश्यक प्रयास गर्ने आश्वासन दिनुभएको पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठले बताउनुभयो । मलेसिया र नेपालबीच तत्काल श्रम सम्झौता, ठगीमा संलग्न वैदेशिक रोजागर व्यवसायीको दर्ता खारेजी, बिना शुल्क कामदार पठाउने तथा मलेसियास्थित नेपाली दूतावासमा आवश्यक जनशक्ति थप गर्नेलगायत प्रतिबद्धता मन्त्रीद्वयले आफूसँगको भेटमा व्यक्त गरेको जानकारी पनि उहाँले दिनुभयो । एमाओवादीको विदेश विभाग प्रमुखसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले आफूसँग गरिएका प्रतिबद्धता दुई महिनाभित्र पूरा नभए आफ्नो पार्टीले यही विषयलाई लिएर सङ्घर्ष गर्ने चेतावनी दिनुभयो । मलेसियामा कादमार पठाउन अधिकतम लागत रु ८० हजार तोकिए पनि दोब्बर रकम वैदेशिक रोजागर व्यवसायीले लिइरहेको यथार्थ औँल्याउँदै उहाँले त्यो नियन्त्रण हुन नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्नुुभयो । प्रवेशाज्ञा प्रक्रियाको नाममा मलेसियाली कम्पनी भिएलएनले हरेक श्रमिकबाट रु तीन हजार २०० लिइरहेको र त्यो अवैध भएको उल्लेख गर्दै उहाँले उक्त कम्पनीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । मलेसियाले अवैध रुपमा आफ्नो भूमिमा रहेका कामदारलाई स्वदेश फर्काउने क्रममा यातना दिने, हिन्दुलाई गाईको मासु खुवाउने, उनीहरूलाई परिवारसँग सम्पर्क गर्न नदिनेलगायत अमानवीय एवम् क्रुर व्यवहार गरेका प्रमाण अनुगनको क्रममा आफूले फेला पारेको नेता श्रेष्ठले बताउनुभयो । कामदारको राहदानी गैरकानुनी ढङ्गले कम्पनीले जफत गरेर आफूसँग राख्ने, नक्कली मागपत्र र तलबको नक्कली कागजपत्र बनाई कामदार लैजानेजस्ता श्रमिकको चरण शोषण भइरहेकाले त्यसको अनुगमन आवश्यक भएको उहाँले बताउनुभयो । नेपाली कामदारका विषयमा आफूले मलेसियाका उपगृहमन्त्री, उपसभामुख, सांसदसँग छलफल गरेको र उहाँहरूले पनि समस्या समाधानका लागि सक्दो प्रयास गर्ने आश्वासन दिएका नेता श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]