अख्तियारलाई भारत सरकारको ३५ वटा गाडी सहयोग


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भारत सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई ३५ वटा गाडी प्रदान गरेको छ । आयोगको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ती गाडी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरित गाडीमा महिन्द्रा कम्पनीको १५ वटा स्कारपिओ (जिप), टाटा कम्पनीको १५ वटा जेन्युयन पिकअप गाडी र पाँच वटा मान्जा कार रहेका छन् । सो अवसरमा आयोग प्रमुख कार्कीले भारत सरकारको तर्फबाट प्रदान गरिएको उक्त सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । आयोगको संरचनागत सुधारका लागि उक्त सहयोग महत्वपूर्ण हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा राजदूत रायले भ्रष्टाचार उन्मूलनका लागि नेपालले लिएको पछिल्लो कदम सराहनीय भएको उल्लेख गर्दै नेपालको भ्रष्टाचार निवारणका लागि गरिएका प्रयासमा सघाउन भारत तत्पर छ भन्नुभयो । सहयोगस्वरूप प्राप्त गाडीहरू धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत, दीपायलमा रहेको क्षेत्रीय कार्यालय र इटहरी, बर्दिवास, कोहलपुर, बुटवल र कञ्चनपुरमा रहेको सम्पर्क कार्यालयलाई प्रयोगका लागि दिइने आयोगका प्रवक्ता वेगेन्द्रराज पौड्यालले जानकारी दिनुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]