ढल्यो एउटा राजनेताको युग, राजनीतिका सफल व्यक्तित्व सूर्यबहादुर थापाको शवलाई काठमाडौं ल्याइँदै


suryaपूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको निधन भएको छ । गतराति नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उहाँको निधन भएको हो । गत चैत्र ५ गते ८८ औं जन्मदिन मनाउनुभएका थापालाई स्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको छ । गत चैत्र १६ गते उपचारका लागि उहाँ नयाँदिल्ली जानुभएको थियो । पूर्वप्रधानमन्त्री थापाका साथमा उहाँका छोरा सुनिलबहादुर थापा हुनुहुन्थ्यो । आजै स्व. थापाको शवलाई काठमाडौं ल्याइँदैछ । उहाँको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्नुअघि श्रद्धाञ्जलीका निम्ति राखिनेछ । देशलाई ५ पटकसम्म नेतृत्वदायी भूमिका प्रदान गर्नुभएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजनीतिक इतिहास निकै गर्विलो छ । आफ्नो अडानका निम्ति चिनिनुहुने उहाँले तीन पुस्ता शासकसँग नजिक रहेर काम गर्ने मौका पाउनुभएको थियो । तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, र ज्ञानेन्द्रसँग उहाँले काम गर्नुभयो । धनकुटाको गाउँ मुगाबाट नेपाली राजनीतिको केन्द्रमा स्थापित बन्नुभएका स्व. थापाको निधनले देशमा अपूरणीय क्षति भएको र अहिलेको बेमेलको राजनीतिका बेला उहाँको भूमिका धेरैले देखिरहेका थिए । आफ्नै निवासमा सबै राजनीतिक दलका नेताहरुलाई बोलाएर अबको राजनीतिक बाटोका विषयमा उहाँले पटक पटक अघि बढ्ने उत्प्रेरणा दिइरहनुहुन्थ्यो । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीको एकीकरण गराएपछि त्यसको अध्यक्ष बन्नुभएका थापाले पछिल्लो समय अध्यक्ष पद स्वेच्छाले त्याग्नुभएको थियो । पूर्वप्रधानमन्त्री थापाको निधन देशको राजनीतिक वृत्तमा अपूरणीय क्षति भएको टिप्पणी यतिबेला सर्वसाधारण गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]