विवादित विषयलाई थाती राखेर पनि संविधान जारी गर्नुपर्ने माधव नेपालको भनाई


madhavनेकपा (एमाले)का नेता माधवकुमार नेपालले विवादित विषयलाई अनुसूचीमा राखेर भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) सिन्धुपाल्चोक क्षेत्र १ को तेस्रो क्षेत्रीय अधिवेशनको लिसङ्खुमा उद्घाटन गर्दैै उहाँले अब जनतालाई धेरै दिन ढाँट्न नसकिने हुँदा यही ६ गते बस्ने संविधानसभाको बैठक अगाडि नै सो विषयमा छलफल गरेर निष्कर्षमा जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले लामो समयसम्म देशलाई अनिर्णयको बन्दी बनाउन नहुने धारणा राख्नु भयो । एमाले पोलिटब्युरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपालले दलहरुबीच सहमति नभए प्रक्रियाबाट भए पनि संविधान निर्माण गर्नुपर्ने बताउनुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसैबीच नेता नेपालले थुमपाखरस्थित पाखर खोलामा निर्माण गरिने पक्की पुलको आजै शिलान्यास गर्नुभयो । उहाँले राज्यले ग्रामीण भेगका गाउँलाई सडकसँगै खोलाहरुमा पक्की पुल निर्माणलाई पनि जोड दिनुपर्ने धारणा राख्नु भयो । जिल्ला विकास समितिको पहलमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ४८ लाखको लागतमा निर्माण हुन लागेको ४० मिटर लामो सो पुल १५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लामोसाँघु जिरी सडकखण्डलाई जोड्ने उक्त पुल निर्माण भएपछि काभ्रेका केही गाविससहित सिन्धुपाल्चोकका करिब एक दर्जन गाविसका बासिन्दालाई सुविधा पुग्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]