पाकिस्तानद्वारा पारमाणविक क्षमताको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपण


pakistanपाकिस्तानले बुधबार पारमाणविक क्षमताको ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको जानकारी त्यहाँको सेनाले दिएको छ । गौरी ब्यालेस्टिक क्षेप्यास्त्रले एक हजार ३०० किलोमिटर दुरीसम्म प्रहार गर्नसक्ने र यसमा परम्परागत तथा पारमाणविक विस्फोटक पदार्थ दुबै रहनसक्ने जानकारी दिइएका छ । एक महिना अगाडि पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्ने पारमाणविक क्षमताको साहिन तेस्रो क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो । उक्त क्षेप्यास्त्रले दुई हजार ७५० किलोमिटरको दुरीमा प्रहार गर्नसक्ने अनुमान गरिएको छ । सेनाले गौरी क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण त्यसको सञ्चालन तथा प्राविधिक तयारीमा भएको एक विज्ञप्तिमा जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]