पुरुष भलिबलको उपाधि एपिएफलाई


volleyनया“बजारमा भएको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । फाइनलमा आँधीखोला स्पोटर्स क्लब स्याङ्जलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले पहिलो सेट २५–२३, दोस्रो सेट २५–१८ जित हात पारे पनि तेस्रोमा आधिखोलाले १६–२५ ले जिते पछि जितका लागि एपिएफले अर्काे सेट खेल्नुप¥यो । तर चौथो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेपछि एपिएफले उपाधि पक्का ग¥यो । यसअघि तेस्रो स्थानको लागि आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले आयोजक नया“बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले नया“बजारलाई २५–११, २५–१४ र २५–१५ को सोझो सेटमा ग¥यो । उपाधिसँगै एपिएफले रु एक  लाख एक हजार १११, उपविजेता आ“धीखोला स्पोटर्स क्लबले रु ६० हजार १११, तेस्रो त्रिभुवन आर्मीले रु ३५ हजार १११ तथा चौथो भएको आयोजक नया“बजार सामाजिक युवा क्लबले रु ११ हजार १११ प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई एकीकृत नेकपा (माओवादी)का व्रिष्ठ नेता डा बाबुराम भट्टराईले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा एीपएफका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट स्पाइकर आधीखोलाका रणवीर सिंह, ब्लकर एपिएफका महेन्द्र श्रेष्ठ, सेटर एपिएफका खुशी चौधरी, डिफेन्डर एपिएफका पुष्पजङ्ग मल्ल, क्विकर आँधीखोलाका सन्दिप सिंह घोषित भए । उत्कृष्ट सबैले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे । एपिएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक घोषित हुँदै रु चार हजार प्राप्त गरे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]