युरोपियन युनियनको प्रमण्डलसँग प्रधानमन्त्रीको भेट, संविधान लेखन उच्च प्राथमिकता


????????????????????प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको सामाजिक–आर्थिक विकासका साथै शान्तिप्रक्रिया र संविधानलेखनलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेको दक्षिण एसियाका लागि युरोपेली संसद् समितिका अध्यक्ष जीन ल्याम्बेर्ट नेतृत्वको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले चाँडोभन्दा चाँडो संविधान निर्माणको प्रयासमा वर्तमान सरकार लागिपरेको र दलहरूबीच सहमति कायम गर्ने अथक प्रयत्न पनि भइरहेको जानकारी प्रतिनिधिमण्डललाई गराउनुभएको भेटपछि प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा दिनेश भट्टराईले बताउनुभयो । प्रतिनिधिमण्डलसँग नेपाल र युरोपेली सङ्घबीच विद्यमान सुमधुर सम्बन्ध तथा सङ्घले नेपालको सामाजिक–आर्थिकलगायत विकासका विविध क्षेत्रमा उपलब्ध गराउँदै आएकोे सहयोगका विविध पक्षबारे पनि छलफल भएको जानकारी सल्लाहकार भट्टराईले दिनुभयो । प्रतिनिधिमण्डलका प्रमुख ल्याम्बेर्टले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने, राजनीतिक स्थायित्व कायम गर्ने तथा शीघ्र संविधान जारी गरेर विकास निर्माणका काम अघि बढाउने अभियानमा नेपाल अग्रसर होस् सङ्घको चाहना अभिव्यक्त गर्नुभएको उहाँले बताउनुभयो । भेटमा नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङ तथा यहाँस्थित सङ्घको प्रतिनिधिमण्डलको कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]