५५ वर्षपछि अमेरिका र क्यूबाका विदेशमन्त्रीहरुको भेट


usदशकौँपछि अमेरिका र क्युवाबीच वार्ता भएको समाचार छ । अमेरिकी विदेशमन्त्री जोन केरी र क्युवाली विदेशमन्त्री ब्रुनो रेड्रिगेजबीच बिहीबार वार्ता भएको छ । सन् १९६१ पछि यी दुई देशबीच पहिलो पटक यो वार्ता भएको समाचारमा जनाइएको छ । पानामा सिटीमा सो भेटवार्ता भएको हो । बिहीबार उहाँहरुबीच बन्द कोठामा द्वीपक्षीय वार्ता भएको हो । सो वार्तालाई कम्तीमा पनि साढे पाँच दशकपछि पहिलो पटक भएको उच्चस्तीय वार्ताका रुपमा प्रचार गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको पनि आमनेसामने भेटहुने भनिएको एक दिनअघिमात्र यी दुई देशका विदेशमन्त्रीबीच सो वार्ता हुने भएको बताइएको छ । शुक्रबार र शनिबार पानामामा आयोजना हुन लागेको सातौँ अमेरिकी सम्मेलनका क्रममा त्यहाँ पुग्नुभएका दुई विदेशमन्त्रीबीच सो वार्ता भएको हो । वार्ताका क्रममा उहाँहरुबीच भएको कुराकानीका बारेमा भने केही बताइएको छैन । यो घटनालाई विभिन्न विदेशी सञ्चारमाध्यमरुले शीतयुद्धकालीन अवस्थापछिको एक दुर्लभ घटनाको रुपमा प्रचार गरेका छन् । शुक्रबार र शनिबार हुन लागेको सो सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको बसाइको व्यवस्थापन आमने सामने पर्नेगरी मिलाइएको छ । तर यसअघिका सम्मेलनहरुमा भने यस्तो संयोग पनि मिलाइएको थिएन । विश्वमा सन् १९४५ मा अन्त्यभएको विश्वयुद्धपछि सुरु भएको शीतयुद्धदेखि नै यी दुई देशबीचमा शत्रुतापूर्ण सम्बन्ध रही आएको छ । त्यसैले दुई देशबीचको यो वार्तालाई पनि विश्वका सञ्चारले नै ऐतिहासिक भनी प्रचार गरेका छन् । गएको जनवरी महिनामा यी दुई देशबीच सामान्य वार्ता भएको थियो । तर त्यस समयमा पहल गर्ने भनिए पनि यी दुई देशले आफ्ना दूतावासको स्थापना भने गरेका छैनन् । पछिल्लो समयमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले क्युवाको अवस्थाका बारेमा अध्ययन गरेको थियो । सो अध्ययनपछि क्युवालाई आतङ्कवादी सूचीबाट हटाउन ह्वाइट हाउसले सुझाएको छ । तर अहिले नै सो सूचीबाट अमेरिकाले क्युवालाई हटाउने वा नहटाउने बारेमा भने केही बताएको छैन । आसन्न यसै सम्मेलनमा अमेरिकाले सो सूचीबाट हटाउने वा नहटाउने भन्ने बारेमा भने केही बताएको छैन । यदि यसै सम्मेलनकै समयमा अमेरिकाले क्युवालाई सो सूचीबाट हटायो भने यसलाई ऐतिहासिक उपलब्धिका रुपमा लिनुपर्ने विशेषज्ञहरुको भनाई छ । तर कतिपयले भने यति चाँडै अमेरिकाले सो कदम लिन नसक्ने बताएका छन् । यस विषयको निर्णय अमेरिकी राष्ट्रपति बाराक ओबामाले नै गर्नुपर्ने हुन्छ । तरपनि त्यस विषयमा खासै केही प्रतिक्रिया राष्ट्रपति ओबामाले दिनुभएको छैन । तर ह्वाइट हाउसले गरेको सो अनुसन्धान प्रतिवेदन अमेरिकी संसदमा पेश गर्नुपर्ने हुन्छ र अमेरिकी कङ्ग्रेसले त्यसमाथिको पुनरावलोकनका लागि ४५ दिनसम्म लिनसक्छ । अमेरिकाले क्युवालाई सन् १९८२ मा आतङ्ककारीको सूचीमा राखेको थियो । सो समयपछि अमेरिकाले उक्त सूचीमा संशोधन गरेको छैन । यही सूचीले नै यी दुई देशबीचको कूटनीतिक सम्बधमा दरार ल्याएको हो । यसैका कारणले नै सम्बन्ध पुनः स्थापनामा कुनै प्रगति हुन सकिरहेको छैन । गएको डिसेम्बर महिनाको मध्यतिर नै यी दुई देशका राष्ट्रपतिले सम्बन्ध सुधारका लागि पहल गरेको जनाएका थिए । यी देशको कूटनीतिक तहमा पनि वार्ता भएको थियो । सो वार्तामा सम्बन्ध पुनःस्थापनाको पहिलोचरणमा दुवै देशका राजदूतावासहरु पुनः स्थापना गर्ने बताएका थिए । तर अहिलेसम्म पनि दूतावास भने स्थापना गरिएको छैन । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरीले क्युवासँगको वार्ता सकारात्मक भएको बताउनुभएको छ । पहिलो पटक भएको क्युवासँगको वार्तापछि उहाँले सो प्रतिक्रिया दिनुभएको हो । उहाँले बिहीबार सम्पन्न वार्ताले आगामी दिनमा सम्बन्धमा थप सुधारका लागि आश पलाएको बताउनुभयो । अमेरिकी विदेशमन्त्री केरी र क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिगोजबीचको वार्तापछि आगामी दिनमा यी दुई देशबीचको सम्बन्धमा थप सुधार ल्याउने आशा पलाएको हो । उहाँहरुबीच बिहीबार पानामा सिटीमा भेटवार्ता भएको थियो । अमेरिकी सम्मेलनका लागि जम्मा भएका उहाँहरुबीच भएको सो भेटवार्तालाई ऐतिहासिक भनिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]