शिक्षामन्त्रीले गुपचुप दिएको नर्सिंग कलेजको सम्बन्ध प्रधानमन्त्रीले रोके


sushilप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन नबन्दासम्म कुनै पनि नर्सिङ कलेजलाई सम्बन्धन नदिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । चिकित्सा क्षेत्रको सुधारको माग राखी आमरण अनशनमा बस्नुभएका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र शिक्षण अस्पतालका हाडजोर्नी विज्ञ प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिमा तत्काल कुनै पनि नर्सिङ कलेजलाई सम्बन्धन नदिने उल्लेख गरिएको थियो । सोही सहमतिअनुसार अगाडि बढ्न र तत्काल कुनै पनि नर्सिङ कलेजलाई सम्बन्ध दिने काम नगर्न शिक्षा मन्त्रालयलाई पत्र पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले राससलाई जानकारी दिनुभयो । शिक्षा मन्त्री अध्यक्ष रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले एक दर्जन नर्सिङ कलेजलाई सम्बन्ध दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्र पठाई तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको हो । सचिव सुवेदीले भन्नुभयो, ‘‘एकातिर मन्त्रिपरिषद्ले तत्काल सम्बन्ध नदिने निर्णय गर्ने अर्कोतिर सरकारकै अर्को निकायले सम्बन्ध दिने विषय कानुनसम्मत् देखिएन । फेरि प्रा डा गोविन्द केसीसँग भएको सहमतिमा पनि सो विषय उल्लेख गरिएकाले तत्कालका लागि त्यस्तो निर्णय नगर्न भनिएको हो ।’’ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठन गरिएको समितिले प्रतिवेदन नदिदासम्म कोहीकसैलाई पनि सम्बन्धन नदिन निर्देश गरिएको सचिव सुवेदीको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]