नेपाली सामूदायिक संस्थाहरुको अष्ट्रेलियाव्यापी अन्तरक्रियाका निर्णय के छन् त ?


ninayaगत शनिबार सिड्नीमा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुका संघ संस्थाकाबीचमा अन्तरक्रिया सम्पन्न भएको छ । सबै नेपाली समूदायको प्रतिनिधित्व गर्ने र अस्ट्रेलियाको केन्द्र, राज्य र स्थानीय सरकारसँग नेपालीको लागि एकताबद्ध आवाज उठाउन एक संस्थाको आवश्यकता महसूस गरिएको छ । यस्तो संस्थाको चर्चा वर्षौंदेखि भएपनि यसले ठोस रुप भने लिइसकेको छैन । शनिबार यसै बाटोमा एउटा पाईला अघि बढेको छ । अन्तरक्रिया कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, क्यापिटल टेरिटोरी, साउथ अस्ट्रेलिया, पश्चिम अस्ट्रेलिया, नर्दन टेरिटोरी र तास्मानियाबाट करिब १ सय ५० प्रतिनिधिहरुको उपस्थित थियो । सामूदायिक उपस्थितहरुलाई विभिन्न १५ समूहमा विभाजन गरी त्यहाँबाट आएका सुझावका आधारमा भेलाले ५ बुँदे घोषणापत्र पारित गरेको छ ।
एनआरएन अष्ट्रेलिया नै सबै सामूदायिक संगठनहरुको छाता संगठन बन्न सक्छ भन्ने केही व्यक्तिहरु ठहर रहेको थियो भने यस्तो निर्णय यस भेलाले निर्माण गरेको टास्क फोर्सको गृहकार्यका आधारमा अब हुने भेलाबाट गर्नुपर्दछ भन्ने अन्यको राय देखिन्थ्यो । ५ बुँदे घोषणापत्रका बुँदाहरु यस्ता छन् ः
१. आज ४ अपिल २०१५ मा गैर आवासिय नेपाली संघ (एन आर एन ए) अस्ट्रेलियाको आयोजनामा सिड्नीमा सम्पन्न भएको नेपाली सामदायिक संस्थाहरुको प्रतिनिधिहरुको राष्ट्रिय भेलाले नेपाली सामदायिक संस्थाहरु बीच समन्वय कायम गरी सेवाको गणस्तर अभिबृद्धि गर्न सामूदायिक संस्थाहरुको साझा संरचना निर्माण गर्न आवश्यक भएको ठहर गर्दछ ।
२. उक्त साझा संरचनाको प्रकृति, कार्यक्षेत्र, प्रतिनिधित्व र विभिन्न संघसंस्थाहरुमा विद्यमान विभिन्न प्रकारका समस्याहरु दोहोरिन नदिन र सबै सामूदायिक संस्थाहरुबीचको एकतालाई अझ सदृढ गर्ने प्रकृतिको विधि विधानको विकास र मस्यौदा गर्नका fishलागि एउटा टास्क फोर्स (कार्यदल) गठन गर्ने निर्णय ग¥यो ।
३. नेपाली समूदायबीचको कामलाई प्रभावकारी ढंगले अघि बढाउन एक अर्काप्रतिको सद्भाव, सहकार्य र सहयोगको अभिबृद्धि गर्न जरुरी छ । कानूनी अधिकार प्रयोग गरी नयाँ संस्था खोल्न रोक लगाउन सकिँदैन । तथापि एकै प्रकृतिका धेरै संस्था खोल्ने कार्यले प्रत्येक संस्थाको प्रभावकारिता न्यून हुँदै गएको परिपेक्ष्यमा एकै प्रकृतिका संस्थाहरुबीच समन्वय गर्न उत्साहित गर्ने निर्णय गरियो ।
४. नेपाली राजदूतावास, वाणिज्यदूतको कार्यालय र सामूदायिक संस्थाहरुबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन जरुरी छ । त्यसका लागिसमेत माथि उल्लेख गरिए बमोजिम साझा मञ्चको आवश्यकता भएको ठहर गर्दछ ।
५. यो भेलाले एनआरएनए अष्ट्रेलियाले गठन गरी सञ्चालनमा ल्याएको सामाजिक कल्याणकारी कोषको उच्च प्रशंसा गर्दै यस अभियानलाई नयाँ गठन हुने संरचनाले आवश्यक सहयोग गर्ने निर्णय ग¥यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]