राष्ट्रिय खुल्ला पुरुष भलिबलमा आर्मी र एपिएफ बिजयी


volleyराष्ट्रिय खुल्ला पुरुष भलिबलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आर्मीले आयोजक नयाँ बजार सामाजिक युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आर्मीले सहजै जित निकाल्ने क्रममा आयोजकलाई २५–९, २५–२२ र २५–८ ले पराजित ग¥यो । दोस्रो खेलमा एपीएफ क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–१२ र २५–८ को सोझो सेटमा पराजित ग¥यो । यसैगरी, आयोजक कमिटी र कलाकारबीच भएको मैत्रीपूर्ण खेलमा आयोजकले २–१ ले सफलता हात पारेको थियो । चार दिनसम्म चल्ने राष्ट्रिय खुला पुरुष भलिबलमा प्रतियोगिताको उपाधि बिजेताले रु एक लाख एक हजार १११ पुरस्कार पाउने छ । त्यस्तै उपबिजेताले रु ६० हजार ११ पाउनेछ । तेस्रो र चौथो हुने टोलीले क्रमसः रु ३५ हजार १११ र ११ हजार १११ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु पाँच हजार, उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर र क्विकरले समान रु तीन÷तीन हजार पुरस्कार पाउने छन् । उत्ृकृष्ट प्रशिक्षकले पनि रु चार हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]