तस्बिरमा हेर्नुहोस् उपत्यकामा प्रचण्ड–माधव समूहको आमहड्ताल !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज नेपाल बन्द गरेको छ । उक्त बन्द सफल पार्नको लागि नेकपाका शीर्ष नेताहरु नै सडकमा उत्रिएका छन् । काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन् । मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन् ।

ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन् । बन्दले उपत्यकाको जनजिवन प्रभावित बनेको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता भेला भएर शान्तिपूर्ण नाराबाजी गरिरहेका छन् । प्रहरीले नाराबाजी गर्नेलाई निगरानी गरेको छ भने बन्द आह्वान गर्दै हिँड्ने कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।

तस्वीरमा हेर्नुहोस्

तस्बिरः हिमाल जोशी
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team