राष्ट्रसंघमा आबद्ध सबै देशका झण्डा सगरमाथाको चुचुरोमा फहराइने


???????????????????????????????????????????????????????????????????????????????????????????विश्व शान्ति र मित्रताको भावना जनाउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डाहरू फहराइने भएको छ । विश्व शान्ति मितेरी मञ्च नेपालको ‘विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण–२०१५’ नामक अभियानअन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय झण्डा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउन लागिएको हो । मञ्चका उपाध्यक्ष पर्वतारोही फुर्वाठी शेर्पाले १९३ वटा संयुक्त राष्ट्रसङ्घका सदस्य मुलुकको राष्ट्रिय झण्डा लिई आगामी २०७२ जेठ महिनाभित्र सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउने संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आरोहण सम्पन्न गरेपश्चात आगामी असारभित्र संयुक्त राष्ट्रसङ्घका हरेक सदस्य राष्ट्रको सगरमाथामा फहराएको झण्डाको तस्विर सम्बन्धित राष्ट्रप्रमुखहरूलाई र राष्ट्रसङ्घको मुख्यालयमा शान्ति र मित्रताको ऐक्यबद्धताका लागि ध्यानाकर्षण पत्रका साथमा पठाइने मञ्चले जनाएको छ । शान्ति स्थापनाका लागि व्यक्ति, समाज र देशको प्रयासमात्र अपर्याप्त हुने भएकाले विश्वभर एकीकृत पहल होस् भन्ने हेतुले अभियान सुरु गरिएको मञ्चका अध्यक्ष विनय शाक्यले बताउनुभयो । उहाँले विश्वमा विद्यमान विभिन्न प्रकारका हिंसाको अन्त्य गर्दै शान्ति र मित्रता कायम गरी सभ्य समाज निर्माण गर्न अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डा फहराई विश्वभर शान्तिको सन्देश प्रवाह गर्न अभियान फलदायी हुने भन्दै सफलताको कामना गर्नुभयो । आरोही शेर्पाले कुनै रेकर्ड राख्न र तोड्न नभई विशुद्ध शान्ति र मित्रताको भावना विश्वभर जगाउन सर्वोच्च शिखरबाट झण्डा फहराउन लागेको बताउनुभयो । उहाँले आरोहणका लागि झण्डै रु १८ लाख लाग्ने र उक्त सबै रकम आफ्नै निजी खर्चबाट गरिने जानकारी दिनुभयो । सो अवसरमा सगरमाथाबाट फहराइने सबै राष्ट्रका झण्डाहरूको नमूना सार्वजनिक गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]