फ्रान्समा कृत्रिम मुटु प्राप्त गर्ने दोस्रो व्यक्तिको आफू निको भएको दाबी


artificialअगस्त महिनामा निकै चर्चा पाएको नयाँ पुस्ताको कृत्रिम मुटु शरीरमा प्रतिस्थापन गर्ने एक बिरामीले आइतबार एक अन्तर्वार्तामा आफू साइकल चलाउनसक्ने गरी निको भएको बताएका छन् । उनन्सत्तरी वर्षीय यी पुरुष अझै पनि अज्ञात रहन चाहन्छन् र फ्रान्सको पश्चिमी नगर नान्टसमा आठ महिना अगाडि यी व्यक्तिमा कृत्रिम मुटु प्रतिस्थापन गर्ने समयमा उनी मृत्युको नजिक पुग्ने गरी बिरामी थिए । फ्रान्सको संस्था कार्मटले कृत्रिम मुटु विकास गरेको र त्यसलाई परीक्षणका लागि पहिलो बिरामीमा प्रयोग गरेको विषयमा चिकै चर्चा भएको थियो । छयहत्तर वर्षका क्लड ड्यानीको गत वर्ष मृत्यु भएको थियो । ड्यानीमा कृत्रिम मुटु प्रतिस्थापन भएको १० सातामा उनको मृत्युभएको थियो । दोस्रो बिरामी भने त्यो भन्दा बढी बाँचेका छन् । उनलाई यसै वर्षको आरम्भमा घर पठाइएको थियो । आइतबार उनले शल्यक्रियापछिको पहिलो अन्तर्वार्तामा आफू निको भएको र सामान्य जीवन बाँचेको बताए । उनले आफू हिड्ने गरेको, ओछ्यानबाट उठ्ने गरेको र एक दिनमा कुनै पनि समस्या नभइकन १० देखि १५ पटक निहुरिने गरेको बताए । उनले आफ्नो सन्तुलन कायम गर्न सकेको र आफूलाई कुनै पनि डर नलागेको बताए । दुई सन्तानका यी पिताले यी जानकारी जेडीडी साप्ताहिकलाई दिएका हुन् । उनले शल्यक्रिया भएको दिनदेखि नै आफूले जीवित भएको अनुभव गरेको बताए । यो कृत्रिम मुटुमा नरम जैविक सामग्री प्रयोग भएको र यसमा रगत जम्ने सम्भावना कम हुन्छ । साथै यसलाई शरीरको रोगप्रतिरोधात्मक क्षमताले अस्वीकार गर्ने सम्भावना पनि कम हुन्छ । यसमा लिथियमको ब्याट्री प्रयोग भएको छ । यी बिरामीले यी ब्याट्री चार्ज गर्न भुल्न नहुने बताए । उनले आफूसँग यस विषयमा सम्झनाका घण्टाघण्टाको चार्ट भएको र यो जटिल पनि नभएको बताए । उनले अहिले आफूमा १०० वर्षसम्म बाँच्छुकी भन्ने आशा पलाएको बताए । यी व्यक्तिमा शल्यक्रिया गर्ने प्राध्यापक ड्यानियल दुभुले युरो वन रेडियोलाई आफ्ना बिरामीले साइकल चलाएको देख्दा आफूलाई निकै आश्चर्य लागेको बताउनुभयो । उहाँले बिरामीको पुनस्र्थापनाका साथमा आपूmहरूले यी विरामीलाई अनेकौँ शारीरिक अभ्यास गराएको र त्यसमा शारीरिक अभ्यास गर्ने साइकल पनि परेको बताउनुभयो । उहाँले यी बिरामीले आफूसँग पराम्परागत साइकल भएको तर आफूले सकेसम्म उचाइमा साइकल नलग्ने गरेको बताएको जानकारी दिनुभयो । प्राध्यापक दुभुले आफ्ना विरामी ‘जुडोका’मा ‘ब्ल्याक बेल्ट’ भएको र आफ्नो शारीरिक खेल पुनः आरम्भ गर्न चाहेको बताएको उल्लेख गर्नुभयो । उहाँले यस्तो खेल आरम्भ गर्नुपूर्व चिकित्सकको सल्लाह लिन बिरामीलाई आग्रह गरिएको बताउनुभयो । युरोप तथा अमेरिकाका करिब एक लाख मानिसलाई मुटुको प्रतिस्थापन आवश्यक देखिएको कार्मटले उल्लेख गरेको छ । यस संस्थाले मृत्युनजिक पुगेका चार बिरामीमा पहिलो चरणको कृत्रिम मुटु परीक्षण गर्ने योजना बनाएको छ । दोस्रो चरणमा २० विरामीमा यस प्रकारको कृत्रिम मुटु प्रतिस्थापन गर्ने योजना यस संस्थाले बनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]