जनसम्पर्क समिति अष्ट्रेलियामा बढ्दो विवाद, नयाँ समितिको संयोजक, अध्यक्ष भन्छन् विधान दिँदैन


bibad1नेपाली काँग्रेस निकट जनसम्पर्क समिति अष्ट्रेलियामा फेरि एक पटक विवाद आएको छ । अर्थमन्त्री डा. रामशरण महतसँग गरिएको अन्तरक्रिया कार्यक्रममा एक पक्ष पूरै सहभागी नभएपछि वैधानिकताको विवाद झिकिएको थियो । यहीविवादकाबीच सोमबार विहानै नयाँ कार्यसमिति बनेको बताइएको थियो । तर, यसको केही घण्टामा नै सभापति सन्तोष सिटौलाले एक विज्ञप्ति प्रकाशित गर्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । आपूmलाई कुनै औपचारिक पत्र नआएको भन्दै जनसम्पर्क समिति अष्ट्रेलियालाई विवादमा ल्याउने काम गरेको आरोप सिटौलाले लगाउनुभएको छ । यसरी आपूm संयोजक दाबी गर्नेहरुसँग संस्थाको कुनैपनि काम नगर्न नगराउन पनि सिटौलाले आग्रह गर्नुभएको छ । सिटौलाले एमएनटीभीसँग कुरा गर्दै नेपाली जनसम्पर्क समितिको विधान अनुसार निर्वाचित अध्यक्षलाई केन्द्रीय समिति वा सभापतिले मात्रै हटाउन सक्ने भएकोले यस्ता भ्रमका पछि नलाग्नु अनुरोध गर्नुभयो । म कुनैपनि हालतमा अवैधानिक कामलाई साथ दिन्न र अष्ट्रेलियामा रहेका काँग्रेस समर्थक साथीहरुको भावनामा चोट पुग्न पनि दिन्न, सिटौलाको दाबी छ । तर, अर्कोतर्फ, प्रेम सापकोटाले पनि त्यसको केही समयमै विज्ञप्ति प्रकाशित गर्दै आपूmलाई संयोजकको जिम्मेवारी दिएको दाबी गर्नुभएको छ । महाधिवेशनको तयारीस्वरुप आजैबाट कार्य थालनी गरेको भन्दै सापकोटाले आधिकारिक रुपमा जानकारी चाहिए वा पत्राचार गर्नुपरे अथवाकुनै संघ संस्थामा प्रतिनिधित्व गर्नुपरेको अवस्थामा पनि आपूmलाई सम्पर्क राख्न अनुरोध गर्दै फोन नम्बर समेत पोष्ट गरिएको छ । तर, त्यसमा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेन ।
यसै विषयमा हामीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई जानकारी मागेका थियौं । जोशीले आपूm अहिले बागलुंगमा उपनिर्वाचनको तयारीमा व्यस्त भएको भन्दै प्रेम सापकोटाको संयोजकत्वमा ११ सदस्यीय अधिवेशन तयारी समिति गठन गरिएको पुष्टि गरे । यस समितिले तीन महिनाभित्र अधिवेशन गरी केन्द्रीय प्रतिनिधिको नामावली केन्द्रमा पठाउने र क्रियाशील सदस्यता वितरण गर्ने अधिकार पाएको पनि बताउनुभएको छ । आर्थिक अनियमितता भएका कारण यसअघिका अध्यक्षलाई हटाइएको भन्ने विषयमा के छ तपाईंको प्रतिक्रिया भन्ने हाम्रो जिज्ञासामा उहाँले भन्नुभयो, त्यस्तो केही होइन । हामीलाई त्यहाँबाट यस्तो विषयमा केही जानकारी आएको छैन । तर, महाधिवेशन नजिक आइसकेको र अधिवेशन हुन नसकिरहेको अवस्थामा मैले अधिवेशन तयारी समिति निर्माण गरेको हो, जोशीको प्रतिक्रिया छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]ntvonline.com