माओवादीको तीनदिने आम हड्तालको पहिलो दिन, सडकमा तनाव, बन्द गराउने केही पक्राउ

३० दलीय गठबन्धनले सुरु गरेको तीन दिने आम हड्तालको पहिलो दिन आज विहानैदेखि काठमाडौं उपत्यका लगायत देशैभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले विहान सबेरै विभिन्न सवारी साधनमा तोडफोड गरेका छन् भने काठमाडौंमा भित्री गल्लीका पसलहरु पनि बन्द गराउने क्रममा प्रहरीसँग झडप भएको छ । प्रहरीले केही माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । बन्दकर्ताले बा.१.च. ९४८७ नम्बरको पाउरोटी बोकेको भ्यान तोडफोड गरेका छन् । यस घटनामा दुई जना पक्राउ परे । यस्तै ललितपुरको कुमारीपाटी क्षेत्रमा पनि प्रदर्शनकारीेले एक ट्याक्समिा आगजनी गरेका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन रोकिएका छन् । तीस दलीय मोर्चाले सरकार संविधान निर्माणमा पेलेर जाने मनस्थितिमा रहेको भन्दै दबाबमूलक तीन दिने आम हड्ताल आयोजना गरेको हो । यस बन्दलाई माओवादीका अन्य घटकहरुले समेत समर्थन गरेका छन् ।