सङ्घीयतालाई थाती राखेर संविधान बन्न सक्दैन : भट्टराई


CPDCC Meetingएकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले सङ्घीयताको विषयलाई थाती राखेर संविधान जारी गर्न नसकिने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घले बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानसभाको मुख्य एजेन्डा सङ्घीयताको विषय नै टुङ्गोमा नपु¥याई संविधान जारी हुन नसक्ने बताउनुभएको हो । नेता भट्टराईले सत्ताधारी नेपाली काँग्रेस, नेकपा एमालेले संविधानसभालाई अपहरण गरेको आरोप पनि लगाउनुभयो । “गत माघ ११ गतेदेखि नै संविधानसभाको अपहरण गर्ने खेल सत्ताघारी दलले गरेका छन्,” भट्टराईले भन्नुभयो । उहाँले सत्ताधारी दलले गणितीय दम्भ देखाएर परिवर्तनका एजेन्डालाई पाखा लगाएको उल्लेख गर्नुभयो । अन्तरिम संविधानमा जुन मूल्य र मान्यता स्थापित छन् त्यसकै आधारमा संविधान जारी हुनुपर्र्ने उहाँको माग थियो । आफूहरूले आन्दोलनका प्रचारात्मक कार्यक्रम सकेर क्रियात्मक कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुयभो । जनआन्दोलन दिवसको अवसर पारेर देशभर आम अडतालको आह्वान गरेको जानकारी दिँदै उहाँले संविधानसभाबाट बाहिर गएर आत्मसमर्पण गर्न नचाहेको स्पष्ट गर्नुभयो । उहाँले वार्ता र संवादको माध्यमबाट जेठ १५ गते सहमतिको संविधान जारी गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]