बाइसधारा मेलामा भक्तजनको घुइँचो


??????????????????????????????????????प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन राजधानीको बालाजु बाइसधारामा मेला लाग्ने प्रचलनअनुरूप आज पनि सोही स्थानमा विशेष मेला लागेको छ । बाइसधारामा स्नान गर्दा विभिन्न रोगव्याध नास भई पुण्य प्राप्ति हुने र पारिवारिक सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वासअनुसार मेला भर्नेको घुइँचो लागेको छ । विशेष गरी तामाङ समुदायले प्रत्येक वर्ष आजैका दिन उक्त स्थानमा स्नान गरी दिवङ्गत पितृको सम्झनामा स्वयम्भूनाथ चैत्यमा गई पूजा तथा दीप प्रज्वलन गर्ने प्रचलन छ । त्यहाँ पुगेका भक्तजनमध्ये कतिपयले जामाचोको डाँडामा अवस्थित चैत्यमा पुगेर पूजाअर्चना गरेका छन् । प्रहरी, स्थानीय क्लब तथा सामाजिक सङ्घसंस्थाले मेला भर्न आउने भक्तजनलाई आवश्यक सहयोग तथा व्यवस्थापन गरिरहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]