सहमतिका लागि वार्तामा बस्न मन्त्री रिजालको आग्रह


Rijalसूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सहमतिको मानसिकताका साथ प्रतिपक्षीलाई वार्तामा बस्न आग्रह गर्नुभएको छ । विराटनगर विमानस्थलमासञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सहमतिमा संविधान बनाउन संविधानसभाभित्रै छलफल गर्नुपर्नेमा जोड दिनुभयो । “संविधानसभा बाहिर रहेर सहमति कसरी हुन्छ ?”उहाँले एमाओवादीलगायत दलसँग प्रतिप्रश्न गर्नुभयो । जनताले संविधान निर्माणका लागि संविधानसभामा पठाएकाले त्यसमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री रिजालले अधिकतम विषयमा सहमति गर्ने र सहमति हुन नसक्ने विषयमा प्रक्रियामा जानुपर्ने स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]