‘अमेरिकाज समिट’मा अमेरिकी राष्ट्रपति ओबामाले क्युबाली समकक्षी क्यास्ट्रोसँग भेट्ने


rul kastroअमेरिकी राष्ट्रपति बाराक ओबामा तथा क्युबाका समकक्षी राउल क्यास्ट्रोबीच आउँदो साता पानामामा हुने अमेरिकी शिखर बैठक अर्थात ‘समिट अफ द अमेरिकाज’ मा अन्तरक्रिया हुने एक अमेरिकी अधिकारीले शुक्रबार बताए । हवाना र वासिङटनबीच मेलमिलापपछि यी दुई नेताबीच यो पहिलो अन्तरक्रिया हुनेछ । अमेरिकी विदेश मन्त्रालयका अधिकारी रोबेर्ता ज्याकोबसनले ब्रुकिङ्स इन्स्टिच्युटमा राष्ट्रपति ओबमाले उक्त शिखर बैठकमा भाग लिन जाने निर्णय गर्दा क्युबालाई पनि यस शिखर बैठकमा बोलाइएको उहाँलाई थाहा भएको र उहाँहरूबीच अन्तरक्रिया हुने बताउनुभयो । उहाँले यी दुई नेता शिखर बैठकमा केही समय सँगै रहने र त्यस कारण राष्ट्रपति ओबामाको क्युबाली समकक्षी राउल क्यास्ट्रोसँग अन्तरक्रिया हुने जानकारी दिनुभयो । उहाँले दुई नेताबीच कुनै पनि प्रकारको बैठक हुने सम्भावनाका विषयमा अस्वीकार गर्नुभयो । उहाँले राष्ट्रपति ओबामाले पानामाका नेता हुँवा कार्लोस भालेरासँग बैठक गर्ने पुष्टि गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रपति भालेरासँग दुई पक्षीय वार्ता हुने कार्यक्रम निर्धारण भएभन्दा अन्य कार्यक्रम तय नभएको र अमेरिकी तथा क्युबाली नेताबीच कस्तो प्रकारको अन्तरक्रिया हुने भन्ने विषयमा आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले दुई नेताबीच टेलिफोनमा वार्ता भइसकेको र तल्लो तहमा अनेकौँ अन्तरक्रिया भएको उल्लेख गर्नुभयो । अमेरिका तथा क्युबाबीच कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्ने र दूतावास खोल्ने विषयमा जनवरीदेखि तीन चरणमा वार्ता भइसकेको छ । ‘समिट आफ द अमेरिकाज’का विषयमा अमेरिकाले दूतावास खोल्ने कुरालाई प्रारम्भिक लक्ष्य बनाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]