दाहाल-नेपाल समूहले १० सिट पनि ल्याउँदैनन् : प्रधानमन्त्री ओली !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल–नेपाल पक्षको १० सिट पनि नल्याउँने बताएका छन् । आफु पक्षिय आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने ठोकुवा गरेका हुन् ।

उनले दाहाल–नेपाल पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले बैशाख २७ गतेसम्म पुग्दा दाहाल–नेपाल पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team