लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ !

काठमाडौँ । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् ।

सशस्त्र प्रहरी (एपिएफ) इन्टेलिजेन्स ब्युरोले विशेष सूचना पाएको थियो । सोही सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको टोलीले लैनचौरबाट चौलागाईंलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

पेस्तोलमा प्रयोग हुने एक गोली र मोबाइल फोन पनि बरामद भएको छ । थप अनुसन्धान गर्न एपिएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team