६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने मनोज पक्राउ !

काठमाडौँ । ६ वर्षीया बालिकालाई भारततर्फ लगेर बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिक्रि गर्न भारततर्फ लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महतोले बालिकालाई बेचबिखन गर्न लगेको भन्ने जानकारी पाएपछि जटही प्रहरी चौकीबाट खटिएको प्रहरीले नगराईन नगरपालिका–२ स्थित सडकमा फेला परेका थिए । महतो माथी मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team