प्रदेश नं २ मा मन्त्रीले पनि लगाए कोरोना विरूद्धको खोप

जनकपुर । प्रदेश नं २ मा मन्त्रीले पनि कोरोना भाइरस विरूद्धको खोप लगाएका छन् । बुधबार मुख्यमन्त्री लालबाबु रावतले खोप अभियानको शुभारम्भ गरेपछि प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कोभिसिल्ड खोप लगाएका हुन् ।

मन्त्री यादवले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा खोप लगाएका छन् । मन्त्री यादवले खोपबारे सर्वसाधारणमा त्रास देखिएकाले खोप सुरक्षित भएको अनुभूति दिलाउन आफूले नै खोप लगाएको प्रतिक्रिया दिएका हुन् ।

भारतले दिएको १० लाख डोज खोप सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team