नेपालमा कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू

काठमाडाैँ । नेपालमा कोरोना भाइरसको खोप अभियान सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर कोरोना भाइरसविरूद्धको खोप अभियानको सुभारम्भ गरेका हुन् ।

नेपालका लागि भारतले १० लाख डोज ‘कोभिसिल्ड’ भ्याक्सिन अनुदानमा उपलब्ध गराएको छ । उक्त १० लाख डोज भ्याक्सिन ४ लाख ३० हजारका लागि प्रयोग गर्न सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिनेछन् ।

नेपालमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले सबैभन्दा पहिले कोरोनाविरूद्धको खोप पाउनेछन्

नेपालमा सबैभन्दा पहिलो कोरोना भाइरसको खोप शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team