न्याभकप क्रिकेट : तेश्रो साताका खेलमा रोयल राईनोज, हिमालयन जाईन्टस, फारवेष्ट हन्टर्स र ईएसवी रेनेगेड्स विजयी

मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको आयोजनामा सञ्चालित न्याभ कप क्रिकेटको तेश्रो साताको खेलमा रोयल राईनोज क्रिकेट क्लब, हिमालय जाईन्टस, फारवेष्ट हन्टर्स र एक्सपर्ट सगरमाथा ब्लूज रेनेगेड्स विजयी भएका छन् । दुईवटा खेल मैदानमा विहान ९ बजे र १ बजे गरी चार टिम प्रतिस्पर्धामा उत्रिएका थिए । सुरुमा खेलमा रोयल राईनोज र हिमालय टाईटन्स भिडेका थिए । जसमा रोयल राईनोजले टस जितेर व्याटिंग रोजेको थियो भने उत्सव, उनीलको ४० तथा २६ रन जोड्दै २० ओभरमा १ सय २७ रन बनाउन सफल भयो । हिमालय टाईटन्सका लागि विनोद र संयोगले तीन र दुई विकेट लिन सफल भएका थिए । लक्ष्यलाई पछ्याउने क्रममा हिमालय टाईटन्सले १४ दशमलब ४ ओभरमा सबै विकेट खर्चदै मात्र ७१ रन बनाउन सफल भयो । रोयल राईनोजका लागि पुकार र उत्सवले ४ तथा ३ विकेट क्रमशः लिएका थिए । रोयल राईनोजले ५६ रनअन्तरका आधारमा खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

सोही समयमा अर्को खेल मैदानमा हिमालय जायन्टस र ग्लोबल ईन्टरफेसको खेल भएकोमा टस जितेर व्याटिंग रोजेको हिमालय जायन्टसले २० ओभरमा १ सय १३ रनको लक्ष्य ग्लोबल ईन्टरफेसलाई दिएका थिए जसलाई पछ्याउने क्रममा २० ओभरको खेलमा मात्र ८५ रन बनाउन सफल भयो । यससँगै हिमालय जायन्टसले २८ रनले खेल आफ्नो पोल्टामा पार्न सफल भयो ।

दिउँसो एक बजेको खेलमा फारवेष्ट हन्टर्सले टस जितेर व्याटिंग पहिले गर्दै २० ओभरमा १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा प्रेम उप्रेतिले ३६ तथा क्याप्टेन प्रदिपले १८ रनको योगदान दिएका थिए । लक्ष्य पछ्याउँदै एक्सपर्ट सगरमाथा ब्लूज टाईटन्सका तर्फबाट सत्येन्द्रले ४०, सन्जयले ३४ रन बनाएको भएपनि खेल १० रनअन्तरले ईएसवी टाईटन्सले हार्न पुग्यो । खेलको म्यान अफ द म्याच प्रेम उप्रेति भए ।

यस्तै अन्तिम खेलमा टस जितेर बलिंग गर्ने निधो गरेको ईएसवी रेनेगेड्सले १७ ओभरमा गोर्खाली क्रिकेट क्लबलाई ६४ रनमै सीमित गरिदिएको थियो । ईएसवीले खेल ८ विकेटले जित्न सफल भयो । खेलको म्यान अफ दि म्याच दिनेश बन्न सफल भए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team