नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता, प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई पनि भारतीय सचिवले भेट्ने


meetingनेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता भएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा राजधानी आइपुग्नु भएका भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्कर र परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी नेतृत्वको प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा वार्ता भएको हो । गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला नेपाल र भारतबीच भएका सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगति, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय ताराप्रसाद पोखरेल, रमेशप्रसाद खनाल, नेपालका लागि भारतीय राजदूत रञ्जित राय, नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीका साथै यहाँस्थित भारतीय दूतावासका वरिष्ठ अधिकारीको सहभागिता थियो । यसैबीच, नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिवले प्रधानमन्त्री, राष्ट्रपति लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]