ईन्टरनेटमा छरप्रष्ट फेकन्यूजले कोरोनाविरुद्ध अष्ट्रेलियाको खोप कार्यक्रमलाई असर पार्नसक्ने चिन्ता

मेलबर्न, अष्ट्रेलिया ।

एसविएसले हालै गरेको एक सर्भेक्षणले अष्ट्रेलियामा रहेका विभिन्न बहुसांस्कृतिक समूदायहरु ईन्टरनेटमा आएका कोभिड १९ सम्बन्धी भ्रामक सामग्रीहरुबाट प्रभावित भएको देखाएको छ । यसलाई रोकथाम गर्नका लागि रिसेट अष्ट्रेलियाले सरकारसँग आग्रह गरेको छ ।

संस्थाले गलत सूचनाहरुका कारण अष्ट्रेलियावासीहरु कोरोनाविरुद्धको खोपका लागि अनिच्छुक देखिने हुन् कि भन्ने चिन्ता जनाएको छ । रिसेट अष्ट्रेलियालाई यो कार्यमा ईमुनाईजेसन कोरिसन, ईमुनाईजेसन फाउन्डेसन अफ अष्ट्रृलिया र डोहेर्टी ईन्ष्टिच्युटले पनि यसमा सघाउनेछन् । अष्ट्रेलियन सरकारले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुलाई यस सम्बन्धमा ध्यान दिन र यस्ता गलत सूचना फैलिनबाट रोक्ने विषयमा काम गर्न र पीडकहरुलाई दायरामा ल्याउन अनुरोध गरिसकेको छ ।

यो वर्षको मध्यसम्ममा यस्ता गलत सूचनाहरुमा सावधानीको लेबल लगाउन वा हटाउनका लागि चेतावनी दिने लगायतका काम हुने अपेक्षा छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team