देशभर ३०३ जनामा कोरोना संक्रमण, थप ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३०३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

त्यस्तै, मंगलबार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मंगलबार मृत्यु भएकासँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team