राष्ट्रपति नै भागेर शरण लिएको देश यमनमा भारतीय नागरिकको उद्धार गरिँदै, सँगै नेपालीलाई पनि ल्याइने


yemanद्वन्द्वग्रस्त मुलुक यमनमा फसिरहेका ३४८ भारतीय नागरिकलाई नौ सेनाले मङ्गलबार राति विस्थापित कार्य सुरु गरेका भारतीय विदेश मामिला मन्त्रालयले जानकारी दिएको थियो । नौ सेनाको एक पानीजहाजबाट १०१ महिला र २८ जना बालबालिकासहित ३४८ भारतीय नागरिकलाई यमनको ठूलो सहर आदेनको बन्दरगाहबाट उद्धार गरी विस्थापित कार्य सुरु गरेका हुन् । भारतीय विदेश मन्त्री सुषमा स्वराजले यमनमा बसोवास गर्दै आएका करिब चार हजार १०० भारतीय नागरिकलाई विमानबाट स्वदेश फिर्ता ल्याइने तयारी भइरहेको गत आइतबार जानकारी दिनुभएको थियो । त्यसैगरी आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि पानीजहाज पनि पठाउने स्वराजले बताउनुभएको थियो । त्यहाँ रहेका भारतीय नागरिकमा ७५० जनालाई उद्धार गरिसकिएको बताइएको छ । केही समययता द्वन्द्वरत यमनबाट कयौँ देशले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काएका छन् । यमनमा त्यहाँका हुथी विद्रोहीहरूले राष्ट्रपति अब्द्रब्हु मन्सुर हादीका विरुद्ध आक्रमण गरेपछि राष्ट्रपति हादी भागेर साउदी अरेबिया पुग्नु भएको छ । केही दिनयतादेखि साउदी अरेबियाको सेनाले पनि यमनमा आक्रमण जारी राखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार साउदी नरेश सलमान बिन अजिजसँग टेलिफोनबाट वार्ता गर्नुभएको र उहाँले यमनमा फसिरहेका भारतीय नागरिकलाई सुरक्षित स्वदेश फर्काउन पूर्ण सहयोग गर्ने बताउनुभएको जनाइएको छ । भारतीयसँगै त्यहाँ रहेका नेपाली नागरिकलाई पनि ल्याउनका लागि नेपालको परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]