पारस शाह स्वदेश फर्किए, बसोबास एक होटलमा


Parasलागूपदार्थसहित पक्राउ परेर करिब तीन महिना लामो जेल जीवनपछि पूर्वयुवराज पारस शाह स्वदेश फर्किएका छन् । काठमाडौंमा त्रिभुवन विमानस्थल परिसरमा जम्मा भएका उनका समर्थकहरुले उनलाई स्वागत गरे । उनको स्वदेश आगमनको क्रममा परिवारका कुनैपनि सदस्य सहभागी भएनन् । न त उनलाई निर्मल निवास नै जाने व्यवस्था मिलाइयो । यतिबेला पूर्वयुवराज पारस शाह धुम्बाराहीस्थित कुन्डलिनी क्लबमा बसेका छन् । त्यहाँको मासिक भाडा २५ हजार भएको बताइएको छ । यसैबीच, पारस शाहका छोरीहरुले साँझ पुगेर बाबुसँग भेट गरेका छन् । परिवारका अन्य सदस्य भने नगएको र एक ड्राईभरले तीन बालिकाहरुलाई लगेको बताइएको छ । विभिन्न अनलाईनहरुमा पूर्वयुवराज फर्किएको न्यूज आउने बित्तिकै यसका विषयमा विभिन्नखाले प्रतिक्रिया पनि आउन सुरु भएको छ । कतिपयले पूर्वयुवराजलाई सरकार सम्बोधन गरेर युवराज फर्केकोमा खुशी व्यक्त गरेका छन् । कतिपयले अर्को देशमा लागूपदार्थको कुलतमा लागेर देशकै बदनाम गरेको व्यक्ति फर्केकोमा पनि खुशी व्यक्त गर्नेहरुप्रति आक्रोश लेखेका छन् । यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आफ्नो ट्वीटरमा पारस शाह फर्केकोमा खुशी व्यक्त गरेका छन् र नेपालमै बस्न सुझाव पनि दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]