ज्यान गयो यौन भोकले, प्रेमी मानन्धर पक्राउ


girlस्थानीय धूम्रबाराही हत्या प्रकरणमा शङ्कास्पद प्रितम मानन्धरलाई प्रहरीले आज पक्राउ गरेको छ । धूम्रबाराही प्रगतिटोलकी रेणु भट्टराईको घरको तेस्रो तलामा डेरा गरी बस्ने भारत दार्जिलिङ घर भएकी ३५ वर्षीया ज्योत्सना तामाङको गए राति रहस्यमय हत्या भएको थियो । प्रहरीको अनुसन्धानबाट ३८ वर्षीय मानन्धरले आफ्नै कोठाको शौचालयको झ्यालबाट तामाङलाई धकेली हत्या गरेको अभियोग लगाइएको छ । मानन्धरलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ । करिब दुई महिना अगाडि मानन्धर र तामाङको चिनजान भई मानन्धर हप्ताको एक पटक तामाङको कोठामा खानपिनका लागि जाने गरेको अनुसन्धानबाट खुल्न आएको छ । गए राति तामाङका कोठामा मानन्धर, साथी पवित्रा र तामाङसँगै बसी रक्सी पिएको, र सोक्रम रातको करिब १२ः१५ बजेसम्म जारी रहेको थियो । रातको १२ः३० बजे पछि तामाङ र मानन्धरबीच विवाद भएपछि उनलाई झ्यालबाट बाहिर हुत्याइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]