चौधरी दाजुभाईले महिनौंदेखि गरे किशोरीको यौन शोषण


rapeमहिनौंदेखि एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ । पक्राउ परेका चौधरीले गत भदौ महिनादेखि नै बारा जिल्ला घर भएका १५ वर्षीया एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको पीडित युवतीले आरोप लगाएकी छिन् । बारा जिल्ला घर भएकी ती युवती बुबा, आमासहित स–परिवार भारतको पञ्जाबमा बस्दै आएकी थिइन् । पक्राउ परेका चौधरीका ६० वर्षीय दाजु रामबहादुर चौधरीले गत जेठ महिनामा ती युवतीलाई ललाइफकाई नेपालको महोत्तरीको हरिहरपुर हरिणमरी आफ्नो घरमा ल्याएर बन्धक बनाई यौन शोषण गर्दै आएका थिए । गत भदौ महिनामा दाजु रामबहादुर अचानक ती युवतीलाई भाइको भोगेन्द्रको घरमा छाडी गायब भएपछि गत भदौदेखि भाइ भोगेन्द्रले युवतीलाई यौन शोषण गर्दै आएका थिए । यसैबीच, भारतको पञ्जाबबाट छोरीको खोजबिन गर्दै युवतीको आमा महोत्तरी आइपुगेकी हुन् र उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीको आधारमा आज खटिगएको प्रहरीको विशेष टोलीले भोगेन्द्रलाई ती युवतीलाई बन्धक बनाई घरमा राखेकै अवस्थामा पक्राउ गरेको हो । प्रहरीले पीडित युवतीलाई स्वास्थ्य जाँच गराउन जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । पीडक चौधरीलाई जिप्रका महोत्तरीमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको छ । पीडकका दाजु रामबहादुर चौधरीको खोजीमा प्रहरी परिचालन गरिसकिएको जिप्रका महोत्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]