
काठमाडाैँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको आज विवाह भइरहेको छ । काठमाडाैँको एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईको विवाह हुँदैछ ।
४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् ।
भोजपुर घर भएका मुख्यमन्त्री राईले पुर्ख्यौली घर संखुवासभा भएकी शेर्पा लगनगाँठो कस्दै छन् । उनको विवाहमा राजनैतिक दलका नेताहरू सहित अन्य विशिष्ट व्यक्तिहरू समेत पुगेका छन् ।