सहमतिका लागि वार्तामा आउन प्रधानमन्त्रीको आह्वान


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सहमतिको प्रयास भइरहेको अवगत गराउँदै त्यसका लागि सबै (विपक्षी) वार्तामा बस्नुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालको १७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले वार्ता र सहमतिको विकल्प नभएको बताउदै अब द्वन्द्व नभई वार्ता, सहमति, छलफल र एकतातर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । लोकतन्त्रका लागि मुलुकले लामो सङ्घर्ष भोग्नुपरेको स्मरण गराउँदै प्रधानमन्त्री कोइरालाले सबै मिलेर आन्दोलनका उपलब्धी संस्थागत गर्न सके मात्र आदिवासी÷जनजाति, मधेसी, दलित, मुस्लिमलगायत पिछडिएका वर्ग र क्षेत्रको अधिकार सुनिश्चित हुने दाबी गर्नुभयो । कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यही चैत २३ गते बस्ने संविधानसभाको बैठकअघि नै प्रमुख दलहरुबीच विवादित विषयमा सहमति हुनुपर्ने बताउँदै विपक्षी मोर्चाले यस अवधिका आन्दोलनका कार्यक्रम स्थगन गरेको अवसरलाई सत्ता पक्षले वार्ताका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सभाध्यक्ष नेम्वाङले संविधानसभाको आगामी बैठकको कबार्यसूची ‘सहमति’ नै भएको जानकारी गराउँदै त्यसका लागि दलका नेताहरुले निरन्तर वार्ता र छलफल गरेर सहमतिमा पुग्नुपर्ने बताउनुभयो । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले जनताको बलिदानीबाट प्राप्त मान्यतालाई अवमूल्यन गरी संविधान जारी भए ठूलो मूल्य चुकाउनुपर्ने बताउँदै सत्तामा रहेका दलहरुले आन्दोलनका दौरानमा भएका सहमतिलाई बिर्सेका कारण अहिले समस्या उत्पन्न भएको हो भन्नुुभयो । अध्यक्ष दाहालले ऐतिहासिक आन्दोलनका उपलब्धि संस्थागत नभए मुलुकमा अर्काे ठूलो राजनीतिक उथलपुथल हुने बताउँदै आफूले सहमतिमै संविधान जारी गर्न लचकता अपनाएको अवगत गराउनुभयो । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विश्वमा कहीँ पनि सर्वसम्मतिमा संविधान जारी नभएको उदाहरण दिँदै नेपालमा संविधान जारी गर्न आवश्यक पर्ने यथेष्ठ बहुमत कायम रहेको र अधिकतम् सहमतिका लागि प्रयास भइरहेको बताउनुभयो । एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चैत २३ गते बस्ने संविधानसभाको बैठक अघि प्रमुख दलहरुबीच सहमति हुनपर्ने बताउँदै आगामी जेठ १५ गते संविधान जारी गर्ने गरी काम थाल्न आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले दलहरुलाई जनचाहनाअनुरुप आपसी संवाद र समझदारीलाई अघि बढाएर सहमतिमा संविधान जारी गर्न आग्रह गर्नुभयो । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, नेकपा–माओवादीका नेता सिपी गजुरेल, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबरा, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतले क्लबलाई शुभकामना दिँदै समसामयिक राजनीतिका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा ‘मैत्रीमय मोदी ः नेपाल–भारत बहुआयामिक सम्बन्ध’ नामक स्मारिका पनि विमोचन गरिएको थियो ।
सञ्चारकर्मीहरु पुरस्कृत
रिपोर्टर्स क्लबको १७औँ वार्षिकोत्सवका अवसरमा सभाध्यक्ष सुवास नेम्वाङ र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्नुभएको थियो । वार्षिकोत्सवमा यस वर्षको ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तीर्थ कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार र प्रमाणपत्र रहेको छ । त्यस्तै रु २५ हजार राशिको ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’बाट काठमाडौँ पोष्टका अनिल गिरी, रु २० हजार राशिको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’बाट अन्नपूर्ण पोष्टका विकास कार्की, रु २० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला मोफसल पत्रकारिता’ पुरस्कारबाट शशी कोइराला, रु १० हजार राशिको ‘उमासिंह स्मृति पत्रकारिता पुरस्कार’बाट वीणा सिन्हा तथा कृष्णा पौडेललाई पुरस्कृत गरियो । यसैगरी रु १० हजार राशिको ‘सिर्जनशील युवा पत्रकारिता पुरस्कार’बाट दि हिमालयन टाइम्स पत्रिकाका टीकाराम प्रधान तथा उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)का कृष्ण अधिकारी, नेपाल टेलिभिजनका प्रदीप चापागाईं, नेपाल वाणी नेटवर्कका जीवन भण्डारी, राजधानी दैनिकका भीम गौतम, नयाँ पत्रिकाका पर्शुराम काफ्ले, तराई टेलिभिजनका कुलचन्द्र भट्टराई, अनलाइन खबरका अरुण बराल, ई–कान्तिपुर अनलाइनका शेखर अधिकारीलगायत पुरस्कृत हुनुभएको हुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]