शनिबार भुलभुलैयाको अर्को शो हर्सभिलमा, भीआईपी शो अप्रिल १०, मा हुने, अष्ट्रेलियाका अन्य राज्यमा पनि प्रदर्शनको तयारी


bhul-bhulaiya-nepali-movieअष्ट्रेलियावासी नेपालीको लगानी भएको नेपाली चलचित्र भुल भुलैयाको प्रिमियर सिड्नीमा सम्पन्न भएको छ । नेपाल र अष्ट्रेलियामा एकैपटक रिलिज गरिएको हो । गत शनिबार हर्सट्भिलस्थित ईभेन्ट सिनेमामा गरिएको प्रिमियरमा ठूलो मात्रामा नेपाली दर्शक शुभेच्छुक उपस्थित थिए । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला पनि सहभागी भएका थिए । चलचित्र हेरिसकेपछि दर्शकहरुले प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो भन्ने सन्देश दिएको प्रतिक्रिया दिए । सन्देशसहितको चलचित्र हेर्नपाउनु सुखद पक्ष भएको उनीहरुको प्रतिक्रिया छ । एन्जल मुभिजका अनुसार अब चलचित्रको प्रदर्शन विभिन्न राज्यहरुमा पनि गरिनेछ । यसअघि सिड्नीमा आउँदो शनिबार ४ तारिखमा सिभिक थिएटर हर्सभिलमा हुने भएको छ भने अर्को प्रदर्शन भीआईपी शो १० अप्रिल ईभेन्ट सिनेमा गोल्ड क्लासमा गरिनेछ । चलचित्रको निर्माण दिनेशकुमार पोखरेलले गर्नुभएको हो । उता नेपालमा पनि चलचित्र भुल भुलैयाले ३ तीनमै ५१ लाखको व्यापार गरिसकेको छ । समिक्षकहरुले चलचित्रघरसम्म दर्शकलाई तान्न सफल चलचित्र भनेर यसको प्रशंसा गरेका छन् । सांगीतिक पक्ष सबल रहेको चलचित्रमा जीवन लुईटेल, नीता ढुंगाना, सोहित मानन्धर लगायतको अभिनय छ । चलचित्रमा दुई सडक बालकको मित्रताकोबीच एउटै केटीसँग उनीहरुको प्रेम र त्यागलाई प्रस्तुत गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]