अपाङ्ग नातिनी बलात्कार गर्नेविरुद्ध मुद्दा दर्ता


rapeनाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका गोरखा भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । एकहत्तर वर्षका इन्द्रबहादुर गुरुङले १८ वर्षकी शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत चैत ७ गते बलात्कार गरेका थिए । घटनाबारे ढिला गरी प्रहरीमा उजुरी आएपछि गुरुङलाई पक्राउ गरी आज जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत गोरखाबाट १० दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । श्रीमती मेला गएको मौका छोपेर गुरुङले गोठालो गएकी नातिनीलाई जङ्गलमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडित पक्षको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार यसअघि पनि हजुरबुबा पर्ने गुरुङले किशोरीलाई पटक–पटक बलात्कार गरेका थिए । यसअघि भएका घटना गाउँमै मिलाइएको थियो । यस पटक पीडितकी आमाले बलात्कार गरिरहेको अवस्थामा देखेपछि घटना बाहिर आएको थियो । गाउँमै घटना मिलाउने प्रयास भए पनि नमिलेपछि पीडित पक्ष प्रहरीकामा आएका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]