बंगलादेशमा बालविवाह डरलाग्दो अवस्थामा


childबङ्गलादेशमा अझै ग्रामीण क्षेत्रमा बाल विवाह बढ्दोमात्रामा रहेको छ । बङ्गलादेशका ग्रामीण क्षेत्रमा बाल विवाहको अवस्था निकै खतरनाक रहेको बताइएको छ । महिला सशक्तीकरणको अभाव तथा ग्रामीण क्षेत्रमा व्याप्त चेतनाको अभावमा बङ्गालादेशका विभिन्न भू–भागमा अझै पनि बाल विवाहको अवस्था निकै नै खतरनाक रहेको पाइएको छ । बङ्गलादेशको कानुन बमोजिम विवाहका लागि महिलाको कानुनी उमेर १८ र पुरुषका लागि २१ वर्षको रहेको छ । तर त्यसमा व्यापकमात्रामा उल्लङ्घन हुने गरेको समाचारहरूमा जनाइएको छ । प्राप्त समाचारमा बङ्गलादेशका ग्रामीण क्षेत्रमा अहिले पनि ११ देखि १२ वर्षको उमेरमा बालिकाको विवाह हुने गरेको छ । बङ्गलादेशका अधिकारीहरूका अनुसार यहाँ बालविवाहका विभिन्न कारणहरू रहेका छन् । ती मध्येका विशेष कारणहरूमा गरिबी, अन्धविश्वास, अशिक्षा र सामाजिक सुरक्षाको अभावजस्ता रहेका छन् । बङ्गलादेशको जनसङ्ख्या बृद्धिदर २ प्रतिशत रहेको छ । बङ्गलादेशमा यो जनसङ्ख्या बृद्धिदर बढी हो । जनसङ्ख्याको बृद्धि नै विस्फोटक रहेको भनी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै आएको भए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन । बाल विवाहका कारण पनि यहाँको जनसङ्ख्या वृद्धिलाई थप सघाउ पुगेको विश्लेषण यहाँका योजनाविदहरूको रहेको छ । हाल यहाँको जनसङ्ख्या १६ करोडभन्दा पनि बढी छ । बङ्गलादेश संसारकै सबैभन्दा धेरै जनघनत्व भएको देशमा पर्छ । बङ्गलादेशको महिला तथा बालबालिका मन्त्रालयले यहाँको पछिल्लो बालविवाहको बारेमा कुनै समाचार दिएको त छैन तर पनि विभिन्न अधिकारवादी एवम् सरकारी कार्यालयहरूले भने यस देशमा बालविवाहको अवस्था बढ्दोमात्रामा रहेको देखाएको छ । उक्त मन्त्रालयले पछिल्ला वर्षहरूमा बालबालिकाको भर्ना अभियानको तथ्याङ्क हेर्दा यस्तो अवस्था नरहेको देखिएको बताएको छ । भर्ना हुने बालिकाको सङ्ख्या यसअघिका वर्षहरूको तुलनामा बढी नै रहेका कारण पनि बालिका विवाहमा कमी नभएको हुनसक्ने जनाएका छन् । साथै सरकारले देशका विभिन्न ग्रामीण क्षेत्रमा समेत बालविवाहका विरुद्धमा चेतना जागृत गर्ने खालका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]