भव्यताका साथ सकियो एडिलेडको पहिलो नेपाल महोत्सव


IMG_9434अष्ट्रेलियाको आकर्षक शहर एडिलेडमा पहिलो नेपाल महोत्सव सकिएको छ। हिन्डमार्स स्क्वाएरमा कोमल ओली र ईन्दिरा जोशीको आकर्षक प्रस्तुतिका साथै नेपाल महोत्सव सकिएको हो। यस पटकको नेपाल महोत्सवमा आयोजकहरुले अपेक्षा गरेभन्दा बढी नेपाली सहभागी थिए। कार्यक्रमपछि कुरा गर्दै एनआरएन उपाध्यक्ष रमेश जोशीले भव्यतापूर्वक सफल भएकोमा सबैलाई धन्यवाद दिनुभयो । नेपाली समूदायका प्रतिनिधिहरुको आग्रह अनुसार आगामी दिनमा पनि यसैगरी नेपाल महोत्स्वलाई निरन्तरता दिइने उहाँको भनाई छ। यसअघि आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष शेष घलेले एनआरएन अभियान यसरी अघि बढ्न सकेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले नेपाल महोत्सव विश्वव्यापीरुपमै आयोजना हुँदै गएकोमा गर्व गर्नुपर्दछ भन्नुभयो। यसैगरी भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले राष्ट्रिय गानमा भनिएझैं सयौं थुंगा पूmलका हामी एउटै माला भएर एकताबद्ध भएर बस्न सकेका छौं र यो भविष्यमा पनि निरन्तर रहोस् भन्ने कामना गर्नुभयो । कार्यक्रममै साउथ अष्ट्रेलियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक धमलाले नेपाल महोत्सवमा रीस, राग सबै भुलेर नेपाली समूदाय सहभागी भएकोमा बधाई दिनुभयो। यसैगरी एनआरएन अध्यक्ष महेन्द्र ओलीले नेपाल महोत्सवको परम्परा अघि बढ्दै जाँदा अष्ट्रेलियाको मल्टिकल्चरल समाजमा नेपालीको पहिचान स्थापित हुँदै गएको भन्दै यसमा सहभागी हुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
महोत्सवमा विभिन्न खानाका स्टल, विभिन्न नेपाली पहिरन र पोशाकका स्टलका साथै नेपालीहरुले सञ्चालन गरेका व्यवसायका समेत स्टल रहेका थिए। सहभागी एक नेपाली भन्छन्, यो हामीले नेपाली संस्कृतिका बारेमा, हाम्रो बारेमा यहाँका स्थानीयलाई जानकारी दिने एउटा अपूर्व अवसर बनेको छ । पहिलो पटक एडिलेडमा आयोजना गरिएको नेपाल महोत्सवका कारण धेरैजना मानिसलाई नेपाल र नेपालीको बारेमा कौतूहलता जाग्नेछ र उनीहरुले पर्यटक भई नेपाल जानेबारे सोच्नेछन् ।
यस पटक नेपाल महोत्सव लगत्तै साँझ एनआरएन भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले डिनरको पनि आयोजना गरिएको छ । कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, श्रीमती जमुना घले, भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, साउथ अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दिपक धमला, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, एनआरएन आईसीसी सचिव रञ्जु वाग्ले, प्रवक्ता मन केसी, एनआरएनए क्षेत्रीय संयोजक विष्णु हमाल, सदस्यहरु रमेश पाण्डे, भैरव ढकाल, गणेश केसी, निरज श्रेष्ठ, सञ्जीव शर्मा, कृष्ण गिरी लगायत सहभागी हुनुभएको छ। यस्तै, एनआरएन उपाध्यक्ष स्वतन्त्रप्रताप शाह, एनआरएन सचिव भरत पोखरेल, भिक्टोरिया सचिव केशव कंडेल, एनएसडब्लुका सचिव भुवनहरि पाण्डे पनि यी दुवै कार्यक्रममा सहभागी हुनुहुन्छ।  Go to our FB page for latest photo update.

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]