संविधान आएपछि प्रधानमन्त्रीले सत्ता छोड्ने


????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा अधिकतम लचकता अपनाइएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सङ्घीय समावेशी मोर्चाका संयोजक सभासद् हरिचरण शाहको नेतृत्वमा आएको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सहमतिमै संविधान बनोस् भन्ने सबैका चाहना हो । यसका निम्ति अधिकतम लचकता पनि अपनाइएको छ । तर केही पनि भएन भने त प्रक्रियामा जानुको विकल्प रहँदैन ।” संविधान जारी भएपछि आफूमा प्रधानमन्त्री पदमा रहिरहने इच्छा नभएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “जसरी तसरी सत्तामा रहने इच्छा मलाई छैन । संविधान आओस्, म छोडिदिन्छु ।” प्रधानमन्त्री कोइरालाले देश आन्दोलनमा गएमा नेपाली जनताले दशकाँै लामो बलिदानीपूर्ण सङ्घर्षले हासिल गरेको सम्पूर्ण हकअधिकार बालुवामा पानी हालेसरह खेर जाने बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक दलहरूबीच आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमति कायम हुन नदिने शक्ति पनि सक्रिय रहेको बताउँदै तिनीहरूबाट जोगिएर देश र जनताको हितमा काम गर्न राजनीतिक दलका नेताहरूलाई आग्रह पनि गर्नुभयो । सङ्घीय समावेशी मोर्चाले आउने संविधानमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित राज्यका सबै निकायमा समानुपातिक समावेशी सहभागिताको व्यवस्था गर्न माग गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]