ओरिजिनल एमाले केपी होइनन्, म हुँ : माधव नेपाल !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताए । निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आफु प्रचण्डको कार्यकर्ता भनि ओलीले गरेको टिप्पणीको जवाफ दिदैँ ओरिजिनल एमाले केपी ओली नभई आफु भएको जिकिर गरे । एकिकरण पछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उहाँले अब ति पार्टी नब्युतिने बताए । अध्यक्ष नेपालले लोकतन्त्र, गठतन्त्र, संघीयता, संविधान लगायतका राजनीतिक परिवर्तनहरु संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team