हिउँ परेपछि चिटिक्क देखिए साउदी अरेबियाका मरूभूमि (फोटो फिचर)

एजेन्सी । साउदी अरेबियाका मरूभूमिमा हिउँ परेको छ । २०१८ पछि साउदी अरेबियामा पहिलो पटक हिउँ परेको हो ।

त्यहाँका एक जना फोटोग्राफरले हिउँ परेर सेताम्मे भएका फोटोहरू कैद गरेका छन् । उनले खिचेका फोटोहरूमा उँट र मरूभूमी सुन्दर देखिएका छन् ।

केहीदिन अघि साउदी अरेबियाको उत्तरपश्चिमी क्षेत्रको तबुकमा हिउँ परेको हो । अहिले हिउँ परेको ठाउँबाट जोर्डनको सिमाना बन्द गरिएको बताइएको छ ।

गर्मी महिनामा ५० डिग्रीसम्म तापक्रम हुने उक्त क्षेत्रमा अहिलेको तापक्रम शुन्यमा झरेको छ । साउदी अरेबिया सहित लेबनान, सिरिया, र इरानमा समेत हिउँ परेको छ ।

साउदी अरेबियामा जनवरी सबैभन्दा चिसो महिनाको रूपमा लिइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team