अब फाईनल भिडन्त अष्ट्रेलिया र न्यूजिल्याण्डकाबीच


australiaविश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई ९५ रनले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सह९आयोजक अष्ट्रेलिया उपाधीका लागि अर्को सह९आयोजक न्युजिल्याण्डसँग भिड्ने छ ।
सिड्नीको सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा ३ सय २९ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभर ५ बलमा मात्र २ सय ३३ रन बनाउँदा अल आउट हुन पुग्यो र खेल अष्ट्रेलियाले ९५ रनले जितेको हो। सुरूवात राम्रो गरेपनि उक्त लयलाई कायम गर्न नसकेपछि भारत पराजित भएको हो । पहिलो विकेटको लागी ७६ रनको साझेदारी नै भारतको सर्वाधिक साझेदारी भएको थियो । भारतका तर्फबाट कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ६५ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यानले अर्धशतक प्रहार गर्न सकेनन् । उसका लागि शीखर धवनले ४५ रन, अजिक्य रहानेले ४४ रन, रोहित शर्माले ३४ रन जोडेका थिए ।
खेलमा निखै उत्कृष्ट पारी खेल्ने आश गरिएका भारतीय क्रिकेट टोलीका उपकप्तान विराट कोह्ली १ रनमा नै आउट हुन पुगेका थिए । विराट १ रनमा नै आउट भएपछि भारतीय प्रशंसकहरूले उनकी प्रेमीका अनुष्का शर्मामाथि सोसल भिडियामा विभिन्न खाले टिप्पणी गरेका छन्। अष्ट्रेलियालाई जीत दिलाउनका लागि जेम्स फल्कनरले ३ विकेट लिएका थिए भने मिचेल स्टार्क र मिचेल जोनसनले समान २९२ विकेट लिएका थिए । यस्तै, हेलजवुडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२८ रन बनायो । अस्ट्रेलियाको लागि स्टेभिन स्मीथले शतकीय पारी खेल्ने क्रममा १०५ रन बनाए । स्मीथले ९३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यस्तै ओपनर आरोन फिञ्चले ८१ रनको योगदान गरे । त्यसअघि डेभिड वार्नर १२ रनमै आउट भए । ग्लेन म्याक्सवेलले २३, सेन वाट्नसनले २८, कप्तान माइकल क्लार्कले १०, जेम्स् फल्कनरले २१ रन बनाए । आक्रमक पारी खेलेका माइकल जोनसनले ९ बलमा नटआउट २७ र ब्राड ह्याडिन ७ रनमा अविजित रहे । बलिङतर्फ उमेश यादवले ४ र मोहित शर्माले २ विकेट लिएभने रविचन्द्र आस्वीनले एक विकेट हात पारे । प्रतियोगिताको म्याच अफ दी म्याच अष्ट्रेलियाका स्टिभन स्मिथ घोषित भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]