जेठ १५ गते देशले नयाँ संविधान पाउने महन्थ ठाकुरको दाबी


mahanthaतराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले बाराका कार्यकर्तासँग पार्टी कार्यालयमा भेटघाट गर्दै आगामी १५ गते मुलुकमा नयाँ संविधान आउने बताउनु भएको छ । उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)ले बहुमत शक्ति देखाएकाले नै मुलुकमा समस्या उत्पन्न भएको कुरा बताउँदै विगतमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले गरेको सहमतिअनुसार नै आगामी १५ गते मुलुकमा सहमतिको नयाँ संविधान लागू हुने कुरा बताउनुभयो । तमलोपा बाराका अध्यक्ष नवलकिशोर सिंहको सभापतित्वमा भेटघाट कार्यक्रम भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]