योग शिविरमा प्रधानमन्त्री ओलि (फोटो फिचर)

काठमाडाैँ । आज देशका विभिन्न स्थानमा कार्यक्रमहरू गरेर छैटाैँ राष्ट्रि योग दिवस मनाइएको छ । देशका ठूला शहरहरू काठमाडाैँ, विराटनगर र चितवनमा पनि योग गुरूहरूको संलग्नतामा योग शिविर सञ्चालन भए ।

त्यस्तै, काठमाडाैँमा भएको एक योग शिविरमा प्रधानमन्त्री केपी शर्मा ओलि पनि सहभागी भएका थिए ।

उक्त योग शिविरमा मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताए। राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने उल्लेख गरे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team