‘द भ्वाइस अफ नेपाल’ मा कोच परिवर्तन, आस्थाको स्थानमा तिर्सना गुरुङ !

काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को तयारी अन्तिम चरणमा पुगेको छ । हिमालय टेलिभिजन बाट प्रसारण हुने यस शो अब छिट्टै प्रशारण हुन लागेको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ मा अब गायिका आस्था राउतलाई देख्न नपाइने भएको छ । उनको स्थानमा गायिका तिर्सना गुरुङलाई कोचको रुपमा ल्याउने तयारी गरिएको छ ।

आस्था विबादमा तानिएसँगै नयाँ सिजनमा उनलाई नदोर्याउने भएको बताइएको छ । यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा अभया सुब्बाको स्थानमा आस्था राउत आएकी थिइन् ।

अब तेस्रो सिजनमा आस्थाको स्थानमा तिर्सना आउने बताइएको छ । भोइस अफ नेपालको पहिलो संस्करणको विजेता सिडी बिजे अधिकारी हुन् भने दोस्रो संस्करणमा राम लिम्बु विजेता बनेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?