स्रोत नखुलेको साढे ९ लाख बढी रकमसहित दुई जना पक्राउ !

सिरहा । स्रोत नखुलेको साढे ९ लाख रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका–१ कचनारीमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल सवार दुई जनामाथि प्रहरीले चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद गरेको हो ।

पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका–२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन् ।

उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिए । दुबैजनालाई ईलाका प्रहरी कार्यालय, महेशपुरपतार सिरहामा थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?