नेवाः समूदायको अस्तित्व जोगाईराख्न नयाँ अनलाईन पोेर्टलको सुरुवात


????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेवाः समुदायको अस्तित्व जोगाइराख्न र विश्वभर छरिएर रहेका यस समुदायका मानिसबीच आपसी सम्बन्ध बनाइराख्न नेवाः अनलाइन न्यूज www.newaonlinenews.com नामक नेपाल भाषाको अनलाइन पत्रिका सञ्चालनमा ल्याइएको छ । नेवाः समुदायको मुद्दा, कला, संस्कृति, ताजा समाचार, खेल, मनोरञ्जन र अन्तर्राष्ट्रिय गतिविधिलाई समेट्दै नयाँ पुस्तासँग सम्बन्ध बनाउने उद्देश्य यो अनलाइनले राखेको छ । यो अनलाइन सञ्चालनमा माइक्रोसफ्ट इनोभेसन सेन्टर, नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आयोजित एक कार्यक्रममा माइक्रोसफ्ट कम्पनीका क्षेत्रीय निर्देशक एलेन वैलोचन तुलाधरले जुनसुकै माध्यम अपनाएर भएपनि आफ्नो लक्ष्यित समूहमा समाचार पु¥याउने चुनौती सञ्चारकर्मीहरुमाझ आएको सन्दर्भमा ‘सिटिजन जर्नालिज्म’लाई पनि नेवाः अनलाइनले आत्मसात् गर्नुपर्ने सुझाव दिनुभयो । अनलाइन सम्पादन टोलीका सदस्य विराजकाजी राजोपाध्यायका अनुसार यस अनलाइनमा समाचारका विषयलाई १० वटा शीर्षकमा वर्गीकरण गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]